ललितपुर—विश्व क्यान्सर दिवस २०२५ को अवसरमा नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर लिमिटेडले वाकाथन सम्पन्न गरेको छ । शनिबार क्यान्सर सम्बन्धि जनचेतना जगाउने उद्देश्यले वाकाथन कार्यक्रम आयोजना गरिएको अस्पतालले जनाएको छ ।
उक्त वाकाथन कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्थानीय वासिन्दाहरू समेत गरी १०० भन्दा बढी सहभागी भएका थिए। वाकाथन नेपाल क्यान्सर अस्पतालबाट सुरु भई हरिसिद्धि माध्यमिक विद्यालय, नयाँ वस्ती, हरिसिद्धि, बसपार्क, गुमोज चोक, धुसाल धारा पानी ट्यांकी हुँदै पुनः नेपाल क्यान्सर अस्पतालमै आएर सम्पन्न भएको थियो।
कार्यक्रमले सर्वसाधारणहरूमा क्यान्सर रोगको रोकथाम, समयमै पहिचान तथा उपचारको आवश्यकताको सन्देश प्रवाह गरेको विश्वास अस्पतालको छ । चिकित्सकहरूका अनुसार जीवनशैलीमा सानो सुधार तथा नियमित स्वास्थ्य परीक्षणद्वारा क्यान्सरलाई नियन्त्रण गर्न सकिन्छ।
नेपाल क्यान्सर अस्पताल निरन्तर रूपमा यस्ता स्वास्थ्य जागरूकता अभियानहरू सञ्चालन गर्दै आएको छ। अस्पताल प्रशासनका अनुसार आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउने योजना बनाइएको छ।
२२ माघमा अर्थात फ्रेबुअरी ४ मा विश्व क्यान्सर दिवस मनाइदैं आइएको छ ।