२०८१ माघ १७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारआइसवर्ग घटनाः रोगहरूको लुकेको सत्य

आइसवर्ग घटनाः रोगहरूको लुकेको सत्य


स्वास्थ्य सम्बन्धी समस्या बुझ्न ‘आइसबर्ग घटना’ (Iceberg Phenomenon) भन्ने अवधारणा धेरै महत्त्वपूर्ण छ। यो अवधारणाले सतहमा देखिएका र देखिन नसकेका स्वास्थ्य समस्याहरूलाई तुलना गर्न मद्धत गर्छ।

साधारणतयाः आइसवर्ग (हिउँको पहाड) को एउटा सानो भाग मात्र पानीको सतहमा देखिन्छ, जबकी यसको ठूूलो हिस्सा पानीमुनि लुकेको हुन्छ। यहीँ दृष्टान्तलाई रोगहरूको वास्तविक अवस्थासँग तुलना गरिन्छ।

आइसवर्ग घटना के हो ?

आइसवर्ग घटना भन्नाले स्वास्थ्य समस्याहरूको ‘देखिने’ र ‘लुकेको’ भागलाई बुझाउन प्रयोग गरिन्छ।

१.देखिने भाग (Visible Portion)
यो भाग पानीमाथि देखिने आइसवर्गजस्तै हो। यसले ती रोगहरूलाई जनाउँछ, जुन लक्षणका रूपमा स्पष्ट छन्। जस्तैः कुनै व्यक्तिले ज्वरो आएपछि उपचार खोज्नु भनेको देखिने भाग हो।

२. लुकेको भाग (Hidden Portion)
यो भाग पानीमुनि रहेको आइसवर्गजस्तै हो। यसले ती रोगहरूलाई जनाउँछ, जुन लक्षण नदेखिएका, निदान नभएका वा व्यक्ति स्वयंले पनि थाहा पाएका हुँदैनन्। जस्तैः मधुमेह वा उच्च रक्तचाप भएका धेरै मानिसहरूलाई आफ्नो रोगको ज्ञान हुँदैन्।

सरल उदाहरणबाट बुझौँ

मानौं, कुनै ठाउँमा १०० जनालाई कुनै रोग लागेको छ। तीमध्ये ३० जनाले मात्र लक्षण महसुस गरेका छन् र उपचार खोजिरहेका छन्। बाँकी ७० जनालाई पनि रोग छ तर उनीहरूले लक्षण महसुस गरेका छैनन् वा जाँच गराएका छैनन्।

  • ३० जना  = देखिने भाग
  • ७० जना = लुकेको भाग

सार्वजनिक स्वास्थ्यमा यसको महत्त्व

यो अवधारणाले रोगको वास्तविक अवस्थालाई पूर्ण रूपमा बुझ्न मद्धत गर्छ। यदि लुकेको भागलाई बेवास्ता गरियो भने रोगको ठूलो समस्या समाधान गर्न सकिँदैन्।

क. लुकेको रोग पत्ता लगाउन मदत गर्छः
जस्तैः नेपालमा मधुमेह, उच्च रक्तचापजस्ता रोगहरूमध्ये धेरै केसहरू लुकेका हुन्छन् । आइसवर्ग अवधारणाले ती लुकेका केसहरू पत्ता लगाउन मद्धत गर्छ।

ख. रोकथाम र उपचारका उपायहरूः
रोगहरूको पूर्ण रूपमा नियन्त्रण गर्न लुकेका भागहरू पहिचान गरेर रोकथामका कार्यक्रम सञ्चालन गर्न सकिन्छ।

ग.स्रोतहरूको सही प्रयोगः
स्वास्थ्य क्षेत्रका लागि बजेट र स्रोतहरूको सही वितरण गर्न यो अवधारणाले मद्धत गर्छ।

सरकारका लागि उपयोगिता

नेपालजस्ता देशका लागि आइसवर्ग अवधारणा उपयोगी छ।

क. स्वास्थ्य तथ्यांक थाहा पाउनः
जाँच कार्यक्रमहरू (जस्तै, ब्लड प्रेसर, सुगर लेभलको परीक्षण) चलाएर लुकेका केसहरू पत्ता लगाउन सकिन्छ।

ख. रोकथाममूलक कार्यक्रमहरू सञ्चालनः
लुकेका समस्याहरू पहिचान गरेर सचेतना अभियान र प्राथमिक स्वास्थ्य सेवामा ध्यान दिन सकिन्छ।

ग.नीतिगत निर्णयः
सार्वजनिक स्वास्थ्य नीति निर्माण गर्दा रोगहरूको वास्तविक संख्या (लुकेको भागसमेत) बुझ्न आवश्यक छ।

निष्कर्ष
आइसवर्ग घटना स्वास्थ्य समस्याको गहिराइमा पुग्न मद्धत गर्ने महत्त्वपूर्ण अवधारणा हो। यो सत्तहमा देखिएका समस्याहरूको सिमितताबाट पर जान र रोगहरूको वास्तविक प्रभाव बुझ्न आवश्यक छ।

नेपालजस्ता देशमा यस अवधारणाको प्रयोगले रोकथाममुखी स्वास्थ्य सेवा सुधार र दीर्घकालीन स्वास्थ्य रणनीति बनाउन ठूलो योगदान दिन सक्छ।

‘स्वास्थ्य समस्या लुक्छन् तर समाधान सम्भव छ ।’


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ