२०८१ फागुन २०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकको भत्ता २५ देखि ३५ हजारसम्म

निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकको भत्ता २५ देखि ३५ हजारसम्म

निःशुल्क पढ्ने आवासीय चिकित्सकले सोही कलेजमा दुई वर्ष काम गर्ने कबुलियतनामा गर्नुपर्ने


काठमाडौं-निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरुको निर्वाह भत्ता सुनिश्चित भएको छ । १४ माघमा शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री विद्या भट्टराई र स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेल मन्त्रीस्तरीय निर्णय गर्दै निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकको निर्वाह भत्ता सुनिश्चित गरेका हुन् ।

जसअनुसार निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकहरुले पहिलो वर्ष २५ हजार रुपैयाँ निर्वाह भत्ता पाउनेछन् । यसैगरी, दोस्रो वर्ष ३० हजार रुपैयाँ र तेस्रो वर्ष ३५ हजार रुपैयाँ निर्वाह भत्ता पाउने छन् ।

यस्तै, निजी मेडिकल कलेजहरुले शैक्षिक सत्र २०८१/८२ देखि नै स्नातकोत्तर तहमा अध्ययन गर्न आवासीय चिकित्सकहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छात्रवृत्ति निर्देशिकाअनुसार निर्वाह भत्ता प्रदान गर्ने निर्णय पनि मन्त्रीद्धयको छ । पिजी निःशुल्क अध्ययन गर्न चाहने आवासीय चिकित्सकलाई अध्ययन पश्चात दुई सोही शिक्षण संस्थामा कबुलियतनामा गरी सेवा गर्नुपर्नेछ । त्यसका लागि नेपाल सरकारले आवश्यक कानुनी प्रबन्ध गर्नेछ ।

यसैगरी, शिक्षा र स्वास्थ्यमन्त्रीले स्नातकोत्तर अध्ययन गर्ने आवासीय चिकित्सकलाई निजी मेडिकल कलेजले विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल एवं प्रचलित श्रम सम्बन्धि कानुन बमोजिम मर्यादित सेवा सुविधा उपलब्ध गराउने निर्णय पनि गरेका छन् ।

चिकित्सा शिक्षा आयोगले सरकारी सरह आवासीय चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने निर्देशन दिदैं निजी मेडिकल कलेजलाई पत्र काटेको थियो । तर, निजी मेडिकल कलेजहरुले सरकारी सरहको निर्वाह भत्ता उपलब्ध गराउन नसक्ने भन्दैं बरु पिजी नपढाउने धम्की दिएका थिए ।

आयोग र निजी मेडिकल कलेज सञ्चालकबीच विवाद बढेपछि ९ मंसिरमा बसेको चिकित्सा शिक्षाको आयोगको १५ औं बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त समस्या समाधान गर्ने जिम्मेवारी शिक्षा र स्वास्थ्यमन्त्रीलाई दिएका थिए । मन्त्रीद्धयको २ पुसमा बसेको बैठकले सुझाव कार्यदल बनाएको थियो ।

सोही कार्यदलको सुझाव र सरोकारवालाहरुसँगको छलफलका आधारमा शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीले निर्वाह भत्ताको विवादलाई सोमबार टुंगो लगाएका हुन् । यसअघि निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकलाई १८ हजार रुपैयाँ निर्वाह भत्ता दिदैं आएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ