काठमाडौं—हेल्थआवाज डटकमका कार्यकारी सम्पादक भिषा काफ्लेको नेतृत्वमा स्वास्थ्य पत्रकार मञ्चमा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार काठमाडौंमा सम्पन्न मञ्चको छैटौं राष्ट्रिय अधिवेशनबाट काफ्ले अध्यक्षमा निर्वाचित भएका हुन् ।
काफ्ले यसअघि मञ्चको वरिष्ठ उपाध्यक्ष थिए । अधिवेशनबाट निर्वाचित १५ सदस्सीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा मेडिकल पत्र डटकमका सम्पादक बुद्धि कट्टेल निर्वाचित भएका छन् ।
दुई उपाध्यक्षमा पदमध्ये एकमा महेश तिमल्सिना निर्वाचित भए भने अर्को उपाध्यक्ष पदमा शरद शर्मा र सञ्जिता खनालको बराबर मत आएपछि एक—एक वर्ष आलोपालो गर्ने सहमति भएको थियो ।
महासचिवमा शिवहरि घिमिरे निर्वाचित भए भने सविचमा ज्योति अधिकारीले बाजी मारिन् । यसैगरी, मञ्चको कोषाध्यक्षमा सिर्जना खत्री निर्वाचित भइन् ।
सदस्यहरुमा उपेन्द्र खड्का, सिर्जना कार्की, कृष्ण आचार्य, लक्ष्मी चौलागाई, सुरेश खनाल, बिना न्यौपाने, सन्तोष निरा राई निर्वाचित भए ।
कार्यसमितिको कार्यकाल दुई वर्ष हुने मञ्चको विधानमा छ ।