२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान

कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान


विराटनगर—प्रदेश सरकारले निःशुल्क वितरण गर्ने चालु आर्थिक वर्षको लागि औषधि खरिदका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सार्वजनिक सूचना आव्हान गरेको छ । मंगलबार केन्द्रले ५५ प्रकारको औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान गरेको हो ।

यसअघि प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यमा करडौंको औषधि खरिद गर्ने र बिरामीले समयमै औषधि नपाउने समस्या रहेको थियो । यस पटकदेखि सरकारले बिरामीलाई समयमै औषधि वितरणका लागि सम्बन्धी अस्पतालहरुमा पु¥याउन औषधि खरिदको प्रक्रिया सुरु गरेको हो ।

औषधिजन्य सामानहरुको प्रचलित बजार मुल्य ७ दिनभित्र सम्बन्धित आपूर्तिकर्ताबाट स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा जानकारी गराउन भनिएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ