अमेरिका—अमेरिकी राष्ट्रपति बनेलगतै डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)बाट अलग गर्ने आदेश जारी गरेका छन् ।
आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले भने, ‘ओहो यो एक ठूलो फैसला हो ।’
ट्रम्पले यसका लागि अमेरिकाले अन्य देशको तुलनामा अनुचित मुल्य चुकाएका बताएका छन् ।
ट्रम्पले डब्लूएचओतर्फ इशारा गर्दै भने, ‘हामी फर्कियौ भन्ने उनीहरुको ठूलो इच्छा छ । हेरौ यसका लागि के हुन्छ ।’
यसलाई केही समयपछि अमेरिका डब्लूएचओमा फर्किनेतर्फको ट्रम्पको संकेत मानिएको छ ।
यसअघि कोभिड—१९ मा डब्लूएचओको भूमिकाथि प्रश्न उठाउँदै अघिल्लो कार्यकालमा ट्रम्पले डब्लूएचओबाट बाहिरिन खोजको थिए । लगतै भएको अमेरिकी राष्ट्रपनि निर्वाचनमा जो वाइडेड विजय भएपछि त्यो प्रक्रिया रोकिएको थियो ।