२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र

जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र


वीरेन्द्रनगर-निर्माणाधीन जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम दश महिनादेखि रोकिएको छ । १५ शैय्या अस्पताललाई ५० शैय्यामा विस्तार गर्ने काम दश महिनादेखि रोकिएको हो ।

तीन वर्षअघि सुरु गरिएको भवन निर्माण काम ठेकेदार कम्पनीको लापरवाहीका कारण अलपत्र अवस्थामा छ ।

वि.सं. २०७७ सालमा सुरु भई २०८० चैतसम्म सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको जिम्मा आरोग्य सुवेदी जेभी कम्पनी लिएको थियो । ठेकेदार कम्पनीले गत वैशाखयता निर्माण काम रोकेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

ठेकेदार कम्पनीले हालसम्म ७५ प्रतिशत काम सम्पन्न गरेको दाबी गरिएपनि बाँकी २५ प्रतिशत काम अझै गरेको छैन ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. अर्जुन बुढामगरले निर्माणको जिम्मेवारी लिएको ठेकेदार कम्पनीले बैक ग्यारेन्टी नबुझाएको र म्याद थपका लागि आवश्यक कागजी प्रक्रिया पूरा नगर्दा निर्माणमा ढिलाइ भएको बताए ।

अहिलेसम्म निर्माण कम्पनीले झन्डै ११ करोड भुक्तानी लिइसकेको कार्यालयले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ