२०८१ पुस २५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि

देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि


काठमाडौं—देउराली जनता फर्मास्युटिकल्स (डिजेपीएल)को एक वर्षको कारोबार २ अर्बमाथि पुगेको छ । कम्पनीको सन् २०२४ को वित्तिय विवरणअनुसार कम्पनी २ अर्ब २ करोड (अपरिष्कृत) बढीको कारोबार गरेको हो ।

देउराली जनताले सन् २०२३ मा १ अर्ब ८६ करोडको कारोबार गरेको हो । सन् २०२२ मा देउराली जनताले १ अर्ब ७० करोड रुपैयाँको कारोबार गरेको थियो ।

देउराली जनताले सन् २०२१ मा १ अर्ब ४६ करोड रुपैयाँ, सन् २०२० मा १ अर्ब १९ करोड रुपैयाँ र सन् २०१९ मा १ अर्ब ५३ करोड रुपैयाँको कारोबार गरेको थियो ।

सन् १९९१ मा स्थापना भएको देउराली जनता फर्मास्युटिकल्सले विभिन्न औषधीहरु उत्पादन गर्दै आएको छ । उसले कार्डियोभास्कुलर, डाइबटिज, गाइनोकोलोजी, चाइल्ड केयर, ग्यास्ट्रो, हेपाटो र डर्मासहित विभिन्न विधाका २ सय ५० भन्दा बढी प्रडक्टहरु उत्पादन गरिरहेको छ ।

देउराली जनता फर्मास्युटिकल्समा अध्यक्ष तथा कार्यकारी निर्देशक हरिभक्त शर्माको मुख्य स्वामित्व छ । उनको ७१ प्रतिशत शेयर छ । कम्पनीले त्यसबाहेको सेयर उनका परिवार र एसोसियटहरुको रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ