२०८१ पुस १८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यकाठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा

काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा


काठमाडौं—क्लिनिक वानले काठमाडौंको मण्डिखटारमा तेस्रो शाखा संचालनमा ल्याएको छ। शनिबार आयोजित औपचारिक कार्यक्रमकाबीच बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले रिबन काटेर क्लिनिकको उद्घाटन गरे ।

सो अवसरमा पाँच दिनसम्म चल्ने निःशुल्क स्वास्थ्य शिविर शुभारम्भ समेत गरे । उद्घाटन पश्चात बोल्दै मेयर अधिकारीले रोग लाग्नेले मात्र नभए स्वास्थ्यको ख्याल राख्न स्वस्थ व्यक्तिले पनि शरीरको नियमित चेकजाँच गर्नुपर्ने बताए।

‘खानपान जीवनशैलीको असन्तुलनले मानिसमा धेरै किसिमका रोग तथा संक्रमण बढ्दै गएकाले स्वास्थ्य सचेतना बढाउनुपर्ने आवश्यकता छ,’ उनले भने ।

क्लिनिक वानका प्रबन्ध निर्देशक सन्तोष पौडेलले स्वास्थ्य क्षेत्रलाई व्यवसायिक रुपमा भन्दा सेवाको भावले हेरिनुपर्ने बताए। स्वास्थ्य क्षेत्रमा क्रियाशील संघसंस्थाले असन्तुलित प्रतिस्पर्धालाई होइन सहुलियत तथा छिटो—छरितो र गुणस्तरीय सेवालाई जोड दिनुपर्ने उनले उल्लेख गरे ।

कार्यक्रममा उपमेयर अनिता लामा, वडा नम्बर ९ कि वडाध्यक्ष सुनिता त्रिपठीलगायतले स्वास्थ्य मानिसको जीवनको महत्त्वपूर्ण कुरा भएको र स्वस्थ शरीर नभए केही पनि गर्न नसकिने भएकाले यसलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड् दिए।

क्लिनिक वानले यसअघि ललितपुरको जावलाखेल र भक्तपुरको ठिमीमा क्लिनिकमार्फत स्वास्थ्य सेवा संचालनमा ल्याएको छ । यो क्लिनिक वानको काठमाडौं जिल्लाको पहिलो तथा उपत्यकाको तेस्रो सेवा केन्द्र हो ।

उद्घाटनको अवसर पारेर शनिबारदेखि नै पाँच दिनसम्म निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ। डा. परामर्श, इसिजी, युरिक एसिड,सुगर, कोल्स्टोल जाँच निःशुल्क तथा भिडियो एक्सरेमा ५० प्रतिशत, ल्याब टेस्टमा २५ प्रतिशत तथा खोप र औषधिमा ११ प्रतिशत छुट दिइएको छ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ