२०८१ पुस १२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह

सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह

गोदावरीमा अत्याधुनिक मेडिकल वायर हाउसको उद्घाटन


धनगढी—सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सिमित स्रोत र साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको बताएका छन् । बिहीबार कैलालीको गोदावरी नगरपालिका—१ बिजौरामा निर्माण भएको अत्याधुनिक मेडिकल वायर हाउसको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री शाहले विकास साझेदार संस्थाले गरिरहेको सहयोगले संघीयता अगाडि बढाउनमा सहयोग पुगिरहेको उल्लेख गरे । ‘स्वास्थ्य उपकरण सामाग्रीको आवश्यकता र औचित्यका आधारमा वितरण गर्नुपर्छ,’ उनले भने ।

उद्घाटन समारोहमा बोल्दैं सामाजिक विकास मन्त्री मेघराज खड्काले प्रदेशको स्वास्थ्य अवस्था सुधारमा एउटा इट्टा थपिएको बताए ।

भवन र उपकरणसहित उक्त वायर हाउस निर्माणमा ग्लोबल फण्डअन्तर्गत सेभ द चिल्ड्रेनले ४ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ । उद्घाटन समारोहमा सेभ द चिल्ड्रेनले २८ लाख बराबरको उपकरण समेत प्रदेश स्वास्थ आपूर्ति व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेको छ ।

मख्यमन्त्री शाहले पहिलो कार्यकालमा वि.सं. २०८० चैत्रमा शिलान्यास गरेको उक्त वायर हाउस निर्माण सम्पन्न पश्चात सेभ द चिल्ड्रेनले सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेको थियो ।

उक्त उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाह, सामाजिक विकासमन्त्री खड्का , राज्यमन्त्री सरस्वती खड्का स्वास्थ्य निर्देशक डा. खगेन्द्र बम, स्वास्थ्य तालिम केन्द्रका निर्देशक नरेन्द्र कार्की , सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम व्यवस्थापक मिनबहादुर सिंह, गोदावरी नगरपालिका—१ का अध्यक्ष गोपाल भट्टलगायतको उपस्थिती रहेको थियो ।

सेभ द चिल्ड्रेनले ग्लोबल फण्डअन्तर्गत सुदूरपश्चिम प्रदेशको गोदावरी र बागमती प्रदेशको हेटौटामा स्वास्थ्य सामाग्री भण्डारण (medical wire house) निर्माण गरेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ