काठमाडौं—तिलगंगा आँखा प्रतिष्ठानले रेटिनोथेरापी अफ प्रिम्याचुरिटी (रोप) सचेतनाका लागि कार्यशाला सम्पन्न भएको छ । ५ पुसमा प्रतिष्ठानको सभाहलमा उक्त कार्यशाला सम्पन्न भएको थियो ।
कार्यशालामा सम्बन्धित र सरोकार राख्ने विशेषज्ञहरुले विभिन्न शीर्षकमा जानकारी प्रदान गरेका थिए । बाल आँखा रोग विशेषज्ञ डा. रोजिता पराजुली, रेटिना विशेषज्ञ डा. एली प्रधान, नवजात शिशुुरोग विशेषज्ञ डा. सुनिलराजा मानन्धर, भिट्रियो रेटिना विशेषज्ञ डा. ललित अग्रवाल, भिट्रियो रेटिना शल्य चिकित्सक डा. श्याम बजिमायालगायतको विभिन्न शीर्षकको प्रस्तुतिसँगै रोपबारे छलफल एवं अन्तरक्रिया कार्यशालामा भएको थियो । देशभरका विभिन्न अस्पतालबाट आँखा रोग विशेषज्ञ, नवजात शिशु तथा बालरोग विशेषज्ञ, र नवजात शिशुु सघन कक्षमा कार्यरत प्यरामेडिक्सहरु तथा बाल स्वास्थ्य क्षेत्रका स्वास्थ्यकर्मीहरुले कार्यक्रममा सहभागिता रहेको थियो ।
क्योर ब्लाइडनेश प्रोजेक्टको सहयोगमा आयोजना गरिएको उक्त कार्यशालाले रोपबारे जानकारी बढाउने मात्र नभई उपयुुक्त उपचार प्रणाली विकासमा समेत सहयोगी भूमिका खेल्ने अपेक्षा राखिएको छ । साथै, रोकथाम हुनसक्ने अनधोपनबाट नवजात शिशुलाई जोगाउन सबैलाई एकमुुष्ठ सहकार्य गर्न प्रेरित गर्ने आशा राखिएको छ ।
समय अगावै जन्मिएका नवजात शिशुहरुको आँखामा हुन सक्ने समस्यालाई Retinopathy of Prematurity (ROP) भनिन्छ । पछिल्लो समय यसको तथ्यांक नेपालमा पनि बढ्दो छ । ३७ हप्ता भन्दाअघि जन्मिएका शिशुहरु जन्मने क्रममा कम तौल भए वा अक्सिजनको मात्रामा कमी देखिए रोपका लागि जोखिम उच्च रहने गरेको पाइएको छ ।
तर, यो समस्याको समयमै पहिचान भए उपचार पनि सम्भव छ । यसै कारणले शिशु जन्मिएको २८ दिन भित्र आँखारोग विशेषज्ञसँग परामर्श गर्न चिकित्सकहरुले सल्लाह पनि दिदैं आएका छन् ।