२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता

नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता


काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बुझाएर जागिर खाएको आरोपमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक जना कर्मचारी विरुद्ध मुद्धा दायर गरेको छ ।

आइतबार अख्तियारले अस्पतालका नक्कली प्रमाणपत्र पेश गरेर जुनियर असिस्टेन्ट पदमा जागिर खाएको आरोपमा मनसुन नेपाल विरुद्ध मुद्धा दायर गरेको हो ।

अख्तियारले नेपालले जागिर खाँदा एसएलसीको मार्कसिट र परोपकार आदर्श माध्यमिक विद्यालयकोको चारित्रिक प्रमाणपत्र नक्कली पेश गरेको उल्लेख गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर जुनियर असिस्टेन्ट पदको सेवा, सुविधा र लाभ उपभोग गरेको पुष्टि भएको अख्तियारको दावी छ ।

उसले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर गरेकाले सोही उपदफाअनुसार कैद र जरिवाना सजायको माग गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ