२०८१ पुस ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशएक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला

एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला


जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शैक्षिक र प्रशासनिक भवनमा लगाएको ताला एक महिनापछि खुलेको छ । आन्दोलनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक कर्मचारीले आन्दोलन स्थगित गरेपछि तालाबन्दी खुलेको हो ।

स्तरवृृद्धिको माग गर्दै ३ मंसिरबाट सुरु भएको शिक्षक कर्मचारीको आन्दोलनपछि तालाबन्दी भएको ३२ ओेैं दिनपछि स्थगितसँगै ताला खुलेको हो । बिहीबार पत्रकार सम्मेलन गरी स्तरवृद्धि गर्ने विषयमा प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले लिखित प्रतिबद्दता गरेको र लोक सेवा आयोगले समेत सहमति दिएकोले तत्कालका लागि आन्दोलन स्थगित र तालाबन्दी खोलिएको प्रतिष्ठानका कर्मचारी इन्द्रराज डाँगीले बताए ।

लोकसेवाले पनि स्तरवृद्धिको बाटो खोलिदिएको छ । त्यसमा पदाधिकारी पनि सकारात्मक देखिएका छन् ।

‘मंसिर १७ गते रजिष्ट्रारबाट गठित वार्ता समितिसँग पटक—पटक भएको छलफलअनुरुप मिति २०८१ मंसिर २८ गतेका दिन गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित विज्ञापनको सूचना र त्यस सूचनामा छुट भएका पदहरुको सम्बन्धमा मिति २०८१ पुष ४ गते प्राप्त पत्रानुसार सो विषय प्रति प्रतिष्ठान सकारात्मक रही उक्त विषय सम्बोधन गरिने व्यहोरा उल्लेख भई उपकूलपति ज्यूबाट छुट भएका पदका सम्बन्धमा समेत सम्बोधन गरिने लिखित प्रतिवद्धता आएको हुँदा हाललाई आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरी आन्दोलनरत शिक्षक तथा कर्मचारीहरु नियमित कार्यालय कामकाजमा फर्किन यसै विज्ञिप्तीमार्फत जानकारीका लागि अनुरोध गर्दछौं,’ आन्दोलनरत कर्मचारीको विज्ञप्तीमा छ ।

३२ औं दिनसम्म आन्दोलनका विभिन्न चरणमा सहयोग गर्ने सबैलाई धन्यबाद समेत डाँगीले दिएका छन् । डाँगीले पदाधिकारीहरुले पटक—पटक झुक्याएको हुनाले हालका लागि आन्दोलन स्थगित गरेको तर फिर्ता नलिएको दावी गरेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ