२०८१ पुस १, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १डाक्टरले लिए आत्महत्या रोकथाम सम्बन्धि तालिम

डाक्टरले लिए आत्महत्या रोकथाम सम्बन्धि तालिम


विराटनगर—चिकित्सकहरुलाई आत्महत्या रोकथाम सम्बन्धि एक दिने प्रशिक्षण तालिम सम्पन्न गरेको छ । नेपाल चिकित्सक संघ कोशी शाखाको आयोजना उक्त तालिम विराटनगरमा भएको हो ।

संघको साइन्टिफिक समितिका कोर्डिनेटर डा. पार्थ गुरागाईको अध्यक्षतामा सुरु भएको सो प्रशिक्षण कार्यक्रममा वरिष्ठ मनोरोग विशेषज्ञहरु डा. रञ्जन थापा र डा. प्रभात चालिसेले प्रशिक्षण गराएका थिए । विराटनगर, इनरुवा, रंगेली, उर्लावारी, र दमकसम्मका ७० जना चिकित्सकहरु सहभागी रहेको थियो ।

सो प्रशिक्षण कार्यक्रममा संघका सल्लाहकार डा. नारायणकुमार, डा. शंकर अधिकारी, पदाधिकारीहरु डा. सुनिल रेग्मी, डा. तेजेन्द्र कार्की, डा. अमर यादव, डा. प्रेक्षा दली, डा. रितेसकुमार सिंह र डा. राजाबाबु मण्डलको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन संघका महासचिव डा. बालकृष्ण साहले गरेका थिए । संघका अध्यक्ष डा. राजेन्द्र चौधरीले आउँदो दिनमा समय सापेक्ष प्रशिक्षण तथा अन्य कार्यक्रमहरु संघले अगाडि बढाउने लक्ष्य राखेको बताए ।

विश्वमा प्रत्येक ३ सेकेन्डमा १ जनाले आत्महत्याको प्रयास गर्छन् । १५ देखि ३५ वर्ष उमेरका मानिसहरुको मृत्युुको दोस्रो प्रमुख कारण आत्महत्या रहेको तथ्यांक प्रस्तुत गर्दै नेपालमा यसका घटना उच्च दरमा बढेको तथ्यांक प्रस्तुत गरेका थिए । हरेक मानिसलाई बाच्ने चाहना हुन्छन् । तर, पनि १ होइन एकैपटक धेरैवटा कारण थपिएकाले आत्महत्या रोज्न बाध्य गरेको चिकित्सकले बताए । यस अवस्थामा पुगेका मानिसहरुले कुनै न कुनै संकेत दिइरहेको भन्दै संकेतहरुका विषयमा अन्तक्रिया गराएर प्रशिक्षण गराइएको महासचिव डा. साहले बताए ।

पहिचान गरेर त्यस्ता व्यक्तिहरुमा उनीहरुमा रहेको बाच्ने इच्छालाई पुनः जगाउनका लागि सबै चिकित्सकहरुले केही समय दिनुपर्ने बताए ।

कार्यक्रमको समापनमा सहभागीका तर्फबाट बोल्दै डा. शंकर अधिकारीले कार्यक्रमका लागि संघलाई धन्यवाद दिदै प्रशिक्षणले आफूहरु जस्ता पूराना चिकित्सकहरुलाई पनि केही नयाँ अपडेट भएको र नयाँ चिकित्सकहरुले पनि मार्गदर्शन भएको बताए । डा. अधिकारीले यस किसिमको प्रशिक्षण मासिक रुपमा नै अगाडि सार्न तथा बढ्दो सहभागी संख्यालाई समेटन् मेडिकल कलेजका हलहरुमा आयोजना गर्न सुझाव दिएका थिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ