२०८१ पुस १, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकपुरकोटमा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

कपुरकोटमा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा


वीरेन्द्रनगर—सल्यानको कपुरकोट गाउँपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेको छ । गर्भवतीलाई सुत्केरी हुनका लागि स्वास्थ्य संस्थामा संचालित प्रसूति गृह आउन जानका लागि सहजताका लागि गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेको हो ।

गाउँपालिकाले घरमै सुत्केरी हुने क्रम शुन्यमा झार्नका लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था मिलाएको हो ।

आर्थिक अवस्था कमजोर भएका कारण एम्बुलेन्सको सेवा पाउन नसक्दा घरमै असुरक्षित सुत्केरी हुन बाध्य हुँदै आएकालाई सहज होस् र प्रसूति गृहमा सुत्केरी हुन सकुन् भनेर गर्भवतीलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले जानकारी दिए ।

गर्भवती तथा सुत्केरी भइसकेका महिलाले पालिकाभित्रका सबै स्वास्थ्य संस्थामा संचालित ६ वटै प्रसूति गृहमा सुत्केरी गराउन जाँदा एम्बुलेन्सको कुनै शूल्क नलाग्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाबाहिर दाङ तथा नेपालगन्ज जानु परेमा भने न्यूनतम शुल्क तिर्नुपर्नेछ । त्यसका लागि गाउँपालिकाबाट तुलसीपुरसम्मका लागि २ हजार ५ सय र नेपालगन्जका लागि ५ हजारमात्र शुल्क तोकेका छ ।

न्यून आर्थिक अवस्था भएकालाई निःशुल्क सेवाको दिने गाउँपालिकाले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ