२०८१ पुस २१, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा प्रा. डा. मोहनराज शर्मा

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा प्रा. डा. मोहनराज शर्मा


काठमाडौं—त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिनमा प्रा.डा. मोहनराज शर्मा नियुक्त भएका छन् । शनिबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले डा. शर्मालाई ४ वर्षका लागि आईओएमको डिनमा नियुक्त गरेको हो ।

१४ असोजमा डिन सिफारिस समितिले सिफारिस गरेका तीन जनामध्येबाट डा. शर्मा डिन नियुक्त भएका हुन् । सिफारिस समितिले डिनका लागि डा. शर्मासहित प्रा.डा. दिव्या सिंह शाह र प्रा.डा. सुधा बस्नेतलाई डिनका लागि सिफारिस गरेको थियो ।

नवनियुक्त डिन डा. शर्मा त्रिवि शिक्षण अस्पतालको न्यूरो सर्जरीका विभागीय प्रमुख थिए ।

निवर्तमान डिन डा. दिव्या सिंह शाहको कार्यकाल ३ असारमा सकिएपछि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिन रिक्त रहेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ