२०८१ मंसीर २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारट्रमा सेन्टरको मेसुमा डा. रिजाल, तुईतुईलाई वीर अस्पताल

ट्रमा सेन्टरको मेसुमा डा. रिजाल, तुईतुईलाई वीर अस्पताल


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेण्डेन्ट परिर्वतन गरेको छ ।

सोमबार स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै सेन्टरका मेसु डा. रुद्र मरासिनीलाई हटाएर त्यही कार्यरत चिकित्सक डा. बद्री रिजाललाई नियुक्त गरेका हुन् ।

डा. रिजाल नेपाल चिकित्सक संघका उपाध्यक्ष पनि हुन् ।

त्यसैगरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी नर्सिङ प्रमुख रोशनी तुईतुईलाई वीर अस्पताल सरुवा गरेका छन् ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा लामो समयदेखि कार्यरत डा. सुरेन्द्र चौरासियाको पनि सरुवा गरेका छन् । उनको स्थानमा उपचारात्मक महाशाखाबाट दयाकृष्ण पन्तलाई लगिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ