२०८१ मंसीर १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतका चार पालिकाका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने

सुर्खेतका चार पालिकाका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने


वीरेन्द्रनगर-सुर्खेतका चार पालिकामा कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ । १३ देखि १८ मंसिरसम्म वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकामा खोप अभियान सञ्चालन हुन लागेको हो ।

वीरेन्द्रनगरमा १० हजार, गुर्भाकोट र भेरीगंगा पाँच÷पाँच हजार र लेकबेसी नगरपालिकामा चार हजार खोप आएको छ । खोप अभियान गुर्भाकोट, भेरीगंगा र लेकबेसी नगरपालिकामा १३ देखि १५ मंसिरसम्म र वीरेन्द्रनगर नगरपालिकामा १५ देखि १८ मंसिरसम्म सञ्चालन हुनेछ ।

मंगलबार वीरेन्द्रनगरमा आयोजित कोभिड–१९ विरुद्धको खोप कार्यक्रमअन्तर्गत पालिकास्तरीय खोप समन्वय समतिको बैठकमा पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिन लागिएको जनाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतको आयोजना तथा इपिक नेपाल एपएचआई ३६० को आर्थिक तथा प्राविधिक सहयोगमा कोरोनाविरुद्धको पेडियाट्रिक फाइजर खोप अभियान सञ्चालन जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले बताए । उनका अनुसार खोप अभियान चार पालिकाका प्रत्येक विद्यालयमा सञ्चालन गरिने छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ