२०८१ मंसीर १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते

जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते


सैफई मेडिकल युनिभर्सिटीका पाँच डाक्टरको सड्क दुर्घटनामा मृत्यु भएको छ । बुधबार लखनउबाट आँगरा गइरहेको बेला भएको स्कारपियो दुर्घटना हुँदा पाँच जना चिकित्सकको मृत्यु भएको संचारमाध्यमहरुले जनाएका छन् ।

यो दुर्घटना लखनउ—आगरा एक्सप्रेस-वेमा भएको थियो । सबै चिकित्सकहरु स्कारपियोमा लखनउबाट आगरा गइरहेका बेला उनीहरुको गाडी डिभाइडरमा ठोक्किएर दोस्रो लेनमा पुगको थियो ।

दोस्रो लेनमा पुगेको स्कारपियोमा गुडिरहेको ट्रकसँग ठक्कर खाएको थियो । यो दुर्घटना बुधबार करिब तीन बजे भएको थियो ।

संचारमाध्यमहरुकाअनुसार बुधबार विहान करिब तीन जबे आगरा—लखनउ एक्सप्रेस—वेको कन्नौज तिर्वा इलाकामा उक्त भीषण दुर्घटना भएको थियो । युपी८० एचबी०७०३ नम्बरको तेज गतिको स्कारपियो कार डिभाइडरमा ठक्कर खाएपछि अर्को लेनमा पुगेको थियो, जहाँ अगाडिबाट आइरहेको आरजे०९ सिडी३४५५ नम्बरको ट्रकसँग ठक्कर खाएको थियो ।

मृतकहरुको सैफर्ड मेडिकल युनिभर्सिटीमा पिजी गरिरहेका चिकित्सकहरु रहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

उक्त दुर्घटनामा परेका एक जना पिजी गरिरहेका चिकित्सक गम्भीर घाइते भएका छन् । उनलाई अस्पताल भर्ना गरिएको छ । उक्त कारमा
सवार चिकित्सकहरु लखनऊको एक वैवाहिक समारोहमा सहभागी भएर फर्किएका थिए ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ