२०८१ मंसीर ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडोल्पाको त्रिपुराकोटमा विषेशज्ञ स्वास्थ्य शिविर

डोल्पाको त्रिपुराकोटमा विषेशज्ञ स्वास्थ्य शिविर


वीरेन्द्रनगर – डोल्पाको त्रिपुराकोटमा विषेशज्ञ स्वास्थ्य शिविर सञ्चालन भएको छ । शुक्रबार सामाजिक विकास मन्त्रालयद्वारा डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकास्थित त्रिपुराकोट स्वास्थ्य चौकीमा आयोजित विशेषज्ञ स्वास्थ्य शिविर तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पा र उपशाखा त्रिपुरासुन्दरीद्वारा आयोजित निःशुल्क मोतियाविन्दु शल्यक्रिया आँखा शिविरको संयुक्त शिविर सञ्चालन गरिएको हो ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेशमा रहेका नगर अस्पताल र रणनीतिक अस्पतालको स्तरोन्नती गरिने बताए । ‘पालिकस्तरमा हुने स्वास्थ्य संस्थाहरूबाट नागरिकको स्वास्थ्य प्रति गम्भीर हुनुपर्छ ।’ उनले भने,‘त्यस अनुरूप यस किसिमका शिविर सञ्चालन गरिएको छ ।’

स्वास्थ्य संस्थाहरूबाट उपलब्ध हुन नसकेका सेवाहरूलाई शिविरका माध्यमबाट विषेशज्ञ सेवा प्रदान गरिएको मन्त्री भण्डारीले बताए । ‘दुर्गम तथा सुगम जिल्लाका नागरिकको स्वास्थ्य हक बराबर हुने भन्दै यसमा सरकारको विभेदकारी भूमिका हुन नदिन शिविरले टेवा पुग्नेछ,’ उनले भने ।

सामाजिक विकास मन्त्रालयका सचिव दीर्घ बहादुर पोखरेलले यस किसिमको शिविरबाट स्तरीय स्वास्थ्य संस्था नभएका ग्रामीण भागहरूमा विषेशज्ञ सेवा प्रदान गरिएको बताए। नागरिकको स्वास्थ्य प्रति सरकारी संयन्त्र संवेदनशील भएको धारणा व्यक्त गरे ।

त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायाले नगरभित्र विषेशज्ञ सेवा प्रदान गर्न अग्रसर भइरहेको जानकारी दिए । १५ सैय्याको अस्पताल निर्माणधिन अवस्थामा रहेको जानकारी दिँदै आगामी दिनको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाइने प्रतिवद्धता जनाए ।

शिविरबाट देखिएका गम्भीर रोगको उपचार खर्च सामाजिक विकास मन्त्रालयले तथा डोल्पा देखिको यातायात खर्च नगरपालिकाले व्यहोर्ने जनाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ