२०८१ कात्तिक २२, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो, स्वास्थ्यमा सुधार हुँदैं

प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो, स्वास्थ्यमा सुधार हुँदैं


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरोको संक्रमण भएको छ । सोमबार साँझदेखि उनलाई भाइरल ज्वरोको संक्रमण भएको हो ।

प्रधानमन्त्री ओलीलाई सुरुमा डेंगी संक्रमण भएको आशंका गरिएको थियो । तर, प्रयोगशाला परीक्षणपछि उनको डेंगी संक्रमण नेगेटिभ आएको थियो ।

चिकित्सकहरुकाअनुसार ओलीलाई ज्वरोसँगै घाँटीमा पनि संक्रमण भएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमसः सुधार आएको र चिकित्सकहरुले उनलाई केही दिन आराम गर्न सुझाव दिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि मंगलबारदेखि ओलीले बाहिर भेटघाट र कार्यक्रमहरु स्थगित गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ