२०८१ पुस १०, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकनकासुन्दरीको ५० प्रतिशत छात्रवृत्तिमा प्रिन्ता एमबीबीएस पढ्दै

कनकासुन्दरीको ५० प्रतिशत छात्रवृत्तिमा प्रिन्ता एमबीबीएस पढ्दै


जुम्ला—कनकासुन्दरी गाउँपालिका– ५ लुड्की गाउँकी प्रिन्ता हमाल गाउँपालिकाको ५० प्रतिशत छात्रवृत्तिमा एमबीबीएस पढिरहेकी छन् । उनी गत वर्षदेखि नेपालगंज मेडिकल कलेजमा एमबीबीएस पढ्दै आएकी हुन् ।

अहिले दोस्रो वर्षमा अध्ययनरत रहेकी छन् । एमबीबीएस अध्ययनका लागि झण्डै ४६ लाख रुपैयाँ खर्चमा लाग्ने गरेको छ । जसमध्ये कनकासुन्दरी गाउँपालिकाले ५० प्रतिशत अर्थात २३ लाख रुपैयाँ प्रिन्सालाई छात्रवृत्ति प्रदान गरेको सूचना अधिकारी नेत्रबहादुर खत्रीले बताए ।
उनले भने, ‘एमबीबीएस अध्ययनपछि दुई वर्ष गाउँपालिकामा सेवा प्रदान गर्ने शर्त राखेको छ ।’

यस्तै, कनकासुन्दरी गाउँपालिका–३ कल्पना बुढालाई पनि एमबीबीएस अध्ययनका लागि गाउँपालिकाले प्रोत्साहन स्वरुप एक लाख रुपैयाँ छात्राबृत्ति प्रदान गरेको उनले बताए । उनी क्रिस्ट कलेज ललितपुरमा अध्ययन गर्दै आएको जनाएको छ ।

कनकासुन्दरी गाउँपालिका – ५ बढुवालवाडाका विवेक बडुवाल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विडिएस अध्ययन गर्दैछन् । उनललाई पनि गाउँपालिकाले प्रोत्साहन स्वरुप एक लाख रुपैयाँ रकम सहयोग गरेको स्वास्थ्य शाखा फोकल पर्सन वीरेन्द्र उपाध्यायले बताए ।
क्रमसः विवेक, प्रिस्ता र कल्पना


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ