२०८१ पुस १८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय महिला फुटबल टिमको हौसला बढाउन क्लोज क्याम्पमै पुगे स्वास्थ्यमन्त्री

राष्ट्रिय महिला फुटबल टिमको हौसला बढाउन क्लोज क्याम्पमै पुगे स्वास्थ्यमन्त्री

मन्त्री पौडेलले भने, ‘स्वास्थ्य समस्या परेमा उपचार गर्नेछौं’


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले साफ महिला च्याम्पियनसीप फाइनलको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई हौसला बढाउन पुगेका छन् । मंगलबार खेलाडीहरुको क्लोज क्याम्पमै पुगेर मन्त्री पौडेलले फाइनल खेलको जितका लागि शुभकामना समेत दिए ।

उनले आइतबारको सेमिफाइनल खेलमा रोमाञ्चक र उत्कृष्ट प्रदर्शन गरेको भन्दै खेलाडीहरुको प्रशंशा गरे । मन्त्री पौडेलले त्यसक्रममा एन्फा पदाधिकारीहरु र खेलाडी सामु खेलका क्रममा कोही खेलाडी वा अफिसियल घाइते भएमा निःशुल्क उपचारको व्यवस्था मन्त्रालयका तर्फबाट गर्ने निर्णय गरेको जानकारी दिए ।

‘तपाईंहरु उच्च मनोबलका साथ खेल पस्कनुहोला,’ उनले भने, ‘स्वास्थ्य समस्या परेमा हामी साथमा छौं ।’

खेलाडीहरुको हौसला बढाउँदै उनले यसअघि गरिएको व्यवस्थाअनुसार खेलपश्चात राष्ट्रिय टिमका सबै खेलाडीहरुको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।

यसअघि नै मन्त्री पौडेल अध्यक्ष रहेको केन्द्रले राष्ट्रिय टिममा रहेका सबै खेलाडीको वार्षिक निःशुल्क स्वास्थ्य परीक्षण गराउने निर्णय गरिसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ