२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअतिरिक्त शुल्क फिर्ताको माग गर्दै नेपाल मेडिकल कलेजका विद्यार्थी आन्दोलित

अतिरिक्त शुल्क फिर्ताको माग गर्दै नेपाल मेडिकल कलेजका विद्यार्थी आन्दोलित


काठमाडौं–अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै अत्तरखेलस्थित नेपाल मेडिकल केलेज शिक्षण अस्पतालका २२ औँ ब्याचका इन्टर्न आन्दोलित भएका छन् । कलेजले मनोमानी ढंगबाट अतिरिक्त शुल्क असुलेको विरोधमा इन्टर्नहरु आन्दोलित भएका हुन् ।

एमबीबीएस अध्ययनका बेला कलेजले छात्रवृत्ति पाएका र नपाएका दुवै समूहका विद्यार्थीहरुबाट मनोमानी शुल्क असुलेको इन्टर्नहरुको आरोप छ । अब कलेजले छात्रवृत्ति नपाएकाहरुबाट प्रति विद्यार्थी ६ लाख ८८ हजार र छात्रवृत्ति पाएकाहरुबाट असुलेको प्रति विद्यार्थी १ लाख ८६ हजार ५५५ रुपैयाँ फिर्ता गर्नुपर्ने आन्दोलनरत विद्यार्थीहरुको माग छ ।

कलेजले छात्रवृत्ति नपाएका विद्यार्थीहरुबाट केयू दर्ताका लागि १५ हजार, काउन्सिल दर्ता तीन हजार रुपैयाँ, केयू परीक्षा शुल्क ४० हजार रुपैयाँ, आन्तरिक परीक्षा शुल्क एक लाख ५० हजार रुपैयाँ, इन्टर्नसीप शुल्क दुई लाख रुपैयाँ, कम्युनिटी पोष्टिङ प्लस स्किल ल्याबका लागि १ लाख ८० हजार रुपैयाँ र सेक्यूरिटी डिपोजिटका नाममा १ लाख रुपैयाँ लिँदै आएको छ । उक्त रकम फिर्ता गर्नुपर्ने विद्यार्थीहरुको माग रहेको छ ।

त्यस्तै, छात्रवृत्ति पाएका विद्यार्थीहरुबाट आन्तरिक परीक्षा शुल्क, कम्युनिटी पोष्टिङ र स्किल ल्याबका नाममा लिइएको एक लाख ८६ हजार ५५५ रुपैयाँ पनि फिर्ता गर्नुपर्ने आन्दोलनरत विद्यार्थीहरुको माग छ ।

आन्दोलित विद्यार्थीहरुले दुई महिना अघिबाट कलेजमा इन्टर्न सुरु गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ