गृहपृष्ठ ∕ समाचार ∕ कोशीमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी राईलाई कोशीमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी राईलाई हेल्थ आवाज बिहीबार, २०८१ कात्तिक ८ गते, १८:२३ मा प्रकाशित विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूसँग भएको स्वास्थ्य मन्त्रालयको जिम्मा भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईलाई दिएका छन् । बिहीबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका राईलाई स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी दिएका हुन् । कोशीमा ८ मन्त्री र २ राज्यमन्त्री गरी १० सदस्यीय मन्त्रिपरिषद छ । गत असार तेस्रो साता कांग्रेस एमालेको नयाँ समीकरण बनेपछि कोशीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्रालय र दुई राज्यमन्त्री पाउने सहमति भएको थियो । पार्टीको भागमा परेको ४ मध्ये दुई मन्त्रालयमा डाक्टर शेखर कोइरालाले दाबी गरे । एउटा मन्त्री र एउटा राज्यमन्त्री दिन सभापति शेरबहादुर देउवा तयार भएपनि कोइराला समूहले नाम पठाएन । कोइराला समूहले नाम नपठाएपछि गत भदौ २८ गते कांग्रेसबाट ३ जना मन्त्री बनेका थिए । डेढ महिनासम्म कोइराला समूहले नाम नपठाएपछि कांग्रेसलाई नै जिम्मा दिएको हो । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले कांग्रेसको भागमा परेका कारण मुख्यमन्त्रीले जिम्मेवारी दिएको बताए । दलले मन्त्री पठाएपछि मन्त्रालय जिम्मा लगाउने उनले बताए । यता कोइराला समूहले भने दुई वटा मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपठाउने बताएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अतिरिक्त शुल्क फिर्ताको माग गर्दै नेपाल मेडिकल कलेजका विद्यार्थी आन्दोलित कर्णालीमा एक वर्षमा घरमै असुरक्षित सुत्केरी हुने १ हजार २३८… स्वास्थ्यमन्त्रीको १०० दिनको प्रगतिः समायोजनको अलमल हटाउनेदेखि उपकरणको अभिलेखीकरणसम्म संघीय अस्पतालमा रेडियालोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय हिमाको ऋखिदेउमा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण कोशीमा देखियो जापनिज इन्सेफलाइटिस : पाँच जनाको मृत्यु, २५३ जना… धेरै पढिएका १ डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया ४ फोहोर व्यवस्थापनमा लापरवाही गरेको भन्दै बुद्धमाई अस्पताललाई महानगरले तिरायो एक लाख जरिवाना ५ चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ स्वास्थ्यमन्त्री पौडेलद्वारा हेटौंडाको अनुसन्धान केन्द्रलाई दक्षिणपूर्वी एसियाली केन्द्र बनाउन डब्लूएचओसँग आग्रह Kalpana Craft ट्रेण्डिङ कर्णालीमा एक वर्षमा घरमै असुरक्षित सुत्केरी हुने १ हजार २३८ जना अब्बल युवा प्रजनन विशेषज्ञ डा. मनिषा एक दशकदेखि पोखरामा निःसन्तानको उपचारमा डटिरहेका प्रा.डा. गिरधारी बच्चालाई जाडोमा धेरै सताउने रोटा भाइरस अतिरिक्त शुल्क फिर्ताको माग गर्दै नेपाल मेडिकल कलेजका विद्यार्थी आन्दोलित कोशीमा देखियो जापनिज इन्सेफलाइटिस : पाँच जनाको मृत्यु, २५३ जना शंकास्पद जेइ बिरामीको अस्पतालको शैय्याबाट याचना : ‘ऋण खोजेर ल्याएको पैसा सकियो, अबको उपचार सरकारले गरिदेओस्’ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया कर्णालीमा एक वर्षमा घरमै असुरक्षित सुत्केरी हुने १ हजार २३८ जना अब्बल युवा प्रजनन विशेषज्ञ डा. मनिषा एक दशकदेखि पोखरामा निःसन्तानको उपचारमा डटिरहेका प्रा.डा. गिरधारी बच्चालाई जाडोमा धेरै सताउने रोटा भाइरस अतिरिक्त शुल्क फिर्ताको माग गर्दै नेपाल मेडिकल कलेजका विद्यार्थी आन्दोलित कोशीमा देखियो जापनिज इन्सेफलाइटिस : पाँच जनाको मृत्यु, २५३ जना शंकास्पद जेइ बिरामीको अस्पतालको शैय्याबाट याचना : ‘ऋण खोजेर ल्याएको पैसा सकियो, अबको उपचार सरकारले गरिदेओस्’ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया