२०८१ कात्तिक ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसहुलियतमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाका गर्न सम्भाव्यता अध्ययन समिति गठन

सहुलियतमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाका गर्न सम्भाव्यता अध्ययन समिति गठन


काठमाडौं—देशमा न्यूरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रयास थालेका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले सम्भाव्यता अध्ययन समिति गठन गरेका छन् ।

समितिको संयोजकमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका सहप्राध्यापक डा. गोपाल सेढाइं संयोजक छन् । यसैगरी, वीर अस्पतालका डा. विनोद राजभण्डारी, चिकित्साशास्त्र अध्ययन संस्थानका डा. राजीव ओझा, नेप्लिज एसोसिएसन्स अफ न्युरोलोजिष्टका प्रतिनिधि सदस्य रहनेछन् ।

समितिमा अमेरिकाको जाकोल्स स्कूल अफ मेडिसिन एण्ड बायोमेडिकल साइन्सका सहप्राध्यापक डा. अमित कँडेल सदस्य तथा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका शाखा प्रमुख डा. पुष्पराज पौडेल सदस्य सचिव तोकिएका छन् ।

समितिले देशमा राष्ट्रिय न्यूरो सर्जरी केन्द्रको स्थापनाका लागि आवश्यक सुझाव लिएर उपयुक्त जग्गा खोजी सम्भाव्य स्थानको पहिचान गर्नेछ । समितिलाई अध्ययन तथा विज्ञसँग गहन छलफलपश्चात स्वीकृतिका लागि मन्त्रालयसमक्ष सुझाव पेश गर्न भनिएको छ ।

‘अहिले न्यूरोसँग सम्बन्धित रोगको भार बढिरहेको छ,’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘यो अवस्थालाई सम्बोधन गर्न र विपन्न वर्गले पनि सहुलियतपूर्ण सुविधा पाउन् भन्ने हिसाबले केन्द्र स्थापना गर्न आवश्यक देखेर माननीय मन्त्रीज्यूबाट मन्त्रीस्तरीय निर्णयमार्फत अध्ययन समिति गठन भएको हो ।’

बिरामीको चाप बढिरहेको न्यूरोसम्बन्धी उपचार हाल गैरसरकारी क्षेत्रबाट मात्र भैरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ