२०८१ कात्तिक ५, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. सुन्दर प्रसाद ह्योजु प्रहरी अस्पतालको निर्देशक बन्दैं

डा. सुन्दर प्रसाद ह्योजु प्रहरी अस्पतालको निर्देशक बन्दैं


काठमाडौं—महाराजगंजस्थित १५० शैय्याको नेपाल प्रहरी अस्पतालको नेतृत्व डा. सुन्दर प्रसाद ह्योजुले गर्ने भएका छन् । आइतबार बसेको गृह मन्त्रालय बढुवा समितिको सचिवालय बैठकले डा. ह्योजुलाई स्वास्थ्य उपसमूहतर्फको प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवा गर्ने सिफारिस गरेसँगै उनको प्रहरी अस्पतालको कमाण्ड लिने बाटो खुला भएको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको सचिवालयले जनाएको छ ।

नेपाल प्रहरीको अस्पतालको निर्देशक एआईजी रहने व्यवस्था छ । अस्पतालकी तत्कालीन निर्देशक डा. आशा सिंहले चार महिनाअघि अवकाश पाएकी थिइन् ।

प्रहरी अस्पतालमा चार महिनादेखि निर्देशक पद रिक्त छ । हाल डिआईजी डा. ह्योजुले नै निमित्तका निर्देशकको रुपमा अस्पतालको कमाण्ड सम्हालिरहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ