२०८१ कात्तिक ५, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा प्रेमसागर कर्माचार्यको १८० औं पटक रक्तदान

जुम्लामा प्रेमसागर कर्माचार्यको १८० औं पटक रक्तदान


जुम्ला—रक्तदाता प्रेमसागर कर्माचार्यले जुम्ला पुगेर १८० औं पटक रक्तदान गरेका छन् । गत शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुगेर रक्तदान गरेका हुन् ।

दुर्गमका नागरिकलाई रगत अभावले उपचारमा समस्या नहोस भन्ने उद्देश्यले कर्माचार्यले रक्तदान गरेका हुन् । काठमाडौं महानगरपालिका–२८ का ६१ वर्षीय कर्माचार्य यसअघि १७९ औं पटक रक्तदान गरिसकेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको डेढ दशकसम्म पनि ब्लड बैंक स्थापना नभएकोले उपचारमा भएको असहजता अन्त्य गर्न ब्लड बैंकको स्थापनाको पहल गर्न जुम्ला पुगेको उनले बताए ।

‘रगत नपाएर धेरै बिरामी छटपटिरहेको हामीले देखेका छौं । तर, ब्लड बैंक स्थापना गर्न कसैको चासो देखिन्न् । मैले मात्र एक प्वाइन्ट रगत दिएर ब्लड बैंक खुल्न भन्न खोजेको पनि होइन्,’ उनले भने, ‘मैले देशभर ब्लड बैंक खोल्नुपर्छ भन्ने चेतना फैलाउन खोजेको हुँ । सोही क्रममा १८० पटक रक्तदान गरिसके ।’ युवा, नागरिक समाज सबै मिलेर जुम्लामा रगत अभावको दीर्घकालीन समाधान खोज्न जरुरी रहेको उनले जानकारी दिए ।

दुर्गमदेखि सुगमका सबै स्वास्थ्य संस्थामा रगतको अभाव हुन नदिन र उपचारलाई सहज बनाउनुपर्छ भन्ने जाँगरणसहित देश दौडाहामा रहेको कर्मचार्यले बताए ।

रक्तदाता कर्माचार्यको अगुवाईमा जुम्लामा रगत व्यवस्थापनको लागि एक समिति नै गठन गर्ने तयारी भएको छ । कर्माचार्यको रक्तदानका लागि संस्कृतिक संरक्षण तथा प्रवर्द्धन समितिले आयोजना गरेको हो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ