२०८१ असोज ३०, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १एनएमएको सांगीतिक कार्यक्रममा रमाए चिकित्सक

एनएमएको सांगीतिक कार्यक्रममा रमाए चिकित्सक


विराटनगर -बिरामीको स्वास्थ्य उपचारमा व्यस्त रहने चिकित्सकहरुले शनिबार साँझ छुट्टै रमाइलो लिएका छन् । नेपाल मेडिकल एशोसिएसन (एनएमए) कोशीले दशैं, तिहार, नेपाल सम्बत तथा छठ पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदान प्रदान तथा सांगीतिक कार्यक्रममा चिकित्सकहरुले रमाइलो गरेका हुन् ।

विराटनगरका चर्चित स्मृति ब्यान्डका कलाकाहरुले सहभागी चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई मनोरञ्जन प्रदान गरे । उनीहरुले आफ्नो चर्चित गीतहरु प्रस्तुत गरी राति १० बजेसम्म मनोरञ्जन दिए । उक्त कार्यक्रममा चिकित्सकहरुले पनि गीत र नृत्य प्रस्तुत गरी थप रमाइलो भयो ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिव डा. राधिका थपलिया, कोशी अस्पतालकी मेसु डा. रुना झालगायतले शुभकामना व्यक्त गरेका थिए ।

भित्रिएको विजयदाशमी, दिपावली नेपाल सम्वत र छठ पर्वको शुभकामना सँगै सधैभरी बिरामीको सेवामा व्यस्त रहने चिकित्सहरुलाई रिफ्रेसमेन्टसँगी चाडपर्वको शुभकामना दिन कार्यक्रम गरिएको नेपाल चिकित्सक संघ कोशी प्रदेशका महासचिव डा. बालकृष्ण साहले जानकारी दिए ।

नेपाल मेडिकल एशोसिएसन कोशीका अध्यक्ष राजेन्द्र चौधरीको अध्ययक्षतामा भएको उक्त कार्यक्रमको संचालन डा. निशा अधिकारी र संयोजक डा. रितेश सिंहले गरेका थिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ