२०८१ असोज १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यसामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ?

सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ?


बच्चा जन्मिने प्रक्रिया नै दुई ओटा मात्रै हो । सामान्य प्रसूति र शल्यक्रिया । गर्भमा बच्चाको जन्मिने समय पुगिसकेपछि सामान्य प्रसूति वा शल्यक्रिया एकदम धेरै फरक चाहिँ होइन् । हामीले देख्दाखेरी शल्यक्रियाबाट जन्मेको बच्चा अप्राकृतिक विधि र सामान्य प्रसूति (प्राकृतिक प्रक्रिया)बाट नै बच्चा जन्मिन्छ ।

शल्यक्रियामार्फत जन्मिएको अधिकांश बच्चामा श्वासप्रश्वासको समस्या देखिन्छ । श्वास फेर्न गाह्रो भई बच्चालाई एनआईसीयुमा राख्नुपर्ने हुन्छ । कुनै बच्चामा २४ घण्टादेखि ४८ घण्टा अथवा कुनै बच्चालाई लामो समयसम्म पनि राख्नुपर्ने हुन्छ । त्यो अवस्थालाई हामी टीटीएन (transient tachypnea of new born)  भन्छौं, जुन क्षणिक हुन्छ । यो अवस्था शल्यक्रियामार्फत जन्मिएको धेरै बच्चामा देखिन्छ । उक्त अवस्था सामान्य प्रसूतिमार्फत जन्मिएको बच्चामा कम देखिन्छ ।

दिन प्रतिदिनको क्लिनिकल लाइफमा अरु कुनै त्यस्तो समस्या देखेको छैन । शल्यक्रियामार्फत बच्चा जन्माएपछि घाउ दुख्ने भएका कारणले सामान्य अवस्थामा फर्किन एक हप्तादेखि १० दिनसम्म लाग्छ । जसकारणले बच्चाको स्तनपान गराउनसमेत ढिलो हुन्छ ।

सामान्य अवस्थामा प्रसूति भएपश्चात स्तनपान चाँडो हुन्छ र अस्पतालबाट समेत अस्पतालबाट नै २४ घण्टामा नै डिस्चार्ज हुन्छन् ।

सामान्य अवस्थामा बच्चा जन्मिँदा बच्चाको फोक्सोमा पानीको मात्रा सामान्यतयाः क्लियर नै हुन्छ । जसकारण उक्त बच्चामा श्वासप्रश्वासको समस्या कम देख्छौं ।

शल्यक्रियामार्फत बच्चा जन्मिँदा फोक्सोमा पानीको मात्रा क्लियर हुँदैन्, कम हुन्छ,  बच्चामा श्वासप्रश्वासको समस्या बढी देखिन्छ । जसका कारण एनआईसीयुमा नै राखिन्छ । त्यो बाहेक अरु कुनै समस्या हालसम्म देखिएको छैन ।

बच्चा जन्माउँदा शल्यक्रिया नै गर्नु हुँदैन भन्ने होइन । कुनै नै कुनै कारणले आमा र बच्चाको स्वास्थ्यलाई जोखिम छ भन्ने अवस्थामा मात्रै शल्यक्रिया गरिन्छ । जस्तैः बच्चा निसासिनु, घाँटीमा साल बेरिनु, बच्चाको धड्कन कम बढी हुनु, खेल्ने पानी सुक्ने कारणले बच्चा जोखिममा हुन्छ । चाहे त्यो संक्रमणको जोखिम होस् या श्वासप्रश्वासको समस्या ।
शल्यक्रिया वा सामान्य प्रक्रियाबाट जन्मिएको बच्चामा श्वासप्रश्वासको समस्या देखिएपछि एनआईसीयु भर्ना भएपछि सबै बच्चालाई समान चाहिँ हुँदैन् । कसैलाई २४, कसैलाई ४८ देखि ७२ घण्टासम्ममा रिकभरी हुन्छ ।

बच्चा समय नपुगी जन्मियो, कम तौलका कारणले लामो समय एनआईसीयुमा राख्दा अथवा लामो समयसम्म अक्सिजन थेरापीमा चाहिएको बच्चालाई पटक पटक निमोनिया हुने, दमको जोखिम बढ्ने भने हुन्छ भने कसैलाई ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ