२०८१ असोज १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकिन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ?

किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ?


क्यान्सरका बिरामीहरुको उपचार पद्धतिमध्ये केमोथेरापी पनि एक हो । केमोथेरापीले बिरामीको नसालाई बिगार्न सक्ने भएकाले पीआईसीसी (PICC) वा पोर्ट (PORT) भन्ने उपकरणमार्फत यो सेवा दिँदा उपयुक्त हुन्छ ।

पीआईसीसी र पोर्ट (Venous access device) महिना दिनदेखि वर्षसम्म पनि बिरामीको शरीरमा राख्न सकिन्छ । त्यसको उचित स्याहार तथा प्रयोग भने नर्सहरुको हातमा हुन्छ ।

नर्सहरुमा त्यो उपकरणबारे ज्ञान नभएमा त्यही उपकरणका कारण विभिन्न समस्याहरु उत्पन्न हुन सक्छन् । जसका कारण समयावधिभन्दा अगाडि नै निकाल्नुपर्ने हुन्छ । त्यसैले नर्सहरुमा यो सम्बन्धी ज्ञान हुनुपर्छ ।

त्यही कारण पीआईसीसी र पोर्टबारेमा नर्सहरुलाई पर्याप्त शिक्षा र ज्ञान दिनु जरुरी हुन्छ । त्यसका लागि यससम्बन्धी गोष्ठी, कार्यशालाहरु संचालन भइरहेका हुन्छन् ।

यस्ता गोष्ठी तथा कार्यशालाहरुमार्फत निम्न कुराहरु दिन सकिन्छ :

१. पीआईसीसी/पोर्ट लगाउन हुने तथा नहुने अवस्था र यसका फाइदा तथा बेफाइदाको बारेमा सैद्धान्तिक ज्ञान दिनु ।
२. पीआईसीसी/पोर्ट लगाउने विभिन्न नसाहरुको बारेमा ज्ञान दिनु ।
३. यो लगाउने विधिबारे जानकारी दिनु ।
४. पीआईसीसी/पोर्ट लगाउँदा आउने विभिन्न समस्या र हल गर्ने उपायबारे पर्याप्त जानकारी पस्कनु ।
५. यसको उचित हेरचाह र सुरक्षित प्रयोगबारे व्यवहारिक ज्ञान दिनु ।

(लेखक नेपाल क्यान्सर अस्पतालकी मेट्रोन हुन् ।)


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ