२०८१ असोज १३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यप्राइम कमर्सियल बैकको रक्तदान कार्यक्रम सम्पन्न

प्राइम कमर्सियल बैकको रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौं—प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ११ असोजमा केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंसहित ६ वटा स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

प्राइमले कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा समेत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त रक्तदान कार्यक्रममा बैकका कर्मचारी तथा शुभेच्छुकहरु गरी ३९२ जनाले रक्तदान गरेको प्राइम बैकले जनाएको छ ।

सो कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले सम्पूर्ण रक्तदाता तथा प्राविधिकहरूलाई धन्यवाद दिदैं मानव जीवन रक्षाका लागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजना गरी सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको धारणा राखे । उनले आगामी दिनमा पनि यस्तै विभिन्न सामाजिक सेवाका कार्यहरु गर्दै जाने प्रतिवद्घता पनि व्यक्त गरे ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ