२०८१ असोज १३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोशीका कानुन मन्त्री भन्छन् ‘औषधीमा कमिसनको बढी गुणस्तर कमजोर भएको गुनासो छ’

कोशीका कानुन मन्त्री भन्छन् ‘औषधीमा कमिसनको बढी गुणस्तर कमजोर भएको गुनासो छ’

फार्मासिस्टको दरबन्दी बढाउन माग


विराटनगर –आन्तरिक मामिला तथा कानून मन्त्री लिला वल्लभ अधिकारीले औषधि सम्वन्धि जनगुनासो ब्यापक आउने गरेको बताएका छन् ।
नेपाल फार्मास्यूटिकल एसोसिएसन कोशी प्रदेशले आयोजना गरेको विश्व फार्मेसी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सो कुरा बताएका हुन् ।

कार्यक्रममा मन्त्री अधिकारीले औषधिको गुणस्तर कम रहने, औषधिको खरिदमा कमिसनको खेल हुने गरेको भन्ने गुनासो व्यापक आउने गरेको बताए । उनले प्रलोभनमा परि अनावश्यक औषधिको प्रेस्काइव तथा वितरण हुने गरेको तथा नियमनकारी निकायबाट कमजोर नियमन हुने भन्ने जनगुनासो बढेको उनले बताए ।
औषधि उत्पादन देखि उपभोगसम्म फार्मेसी जनशक्तिको व्यवस्था अनिवार्य रहेको जानकारी गराउँदै उनले सबै समस्या समाधानका लागि अहिलेको सरकार सकारात्मक रहेको बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका स्वास्थ्य सचिव डा. राधिका थपलियाले प्रदेशमा फार्मेसी सेवा समुहको जनशक्ति न्युन रहेको भन्र्दैै आगामी दिनमा दरबन्दी बढाउन पहलकदमी लिने बताइन् । औषधि अन्वेषण, उत्पादन अनुसन्धान, परिक्षण, खरिद, विक्रीवितरण, भण्डारण, गुणस्तर कायम साथै आपुर्ति व्यवस्थापन कार्यमा फार्मेसी जनशक्तिको भुमिका महत्वपुर्ण रहेको र सेवा समुह लाइ अलग राखि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह परिकल्पना गर्न नसकिने उनले बताइन् । ‘प्रदेशको संगठन तथा व्यवस्थापन सर्भेमा सरोकारवालासँग छलफल गरि दरवन्दी सृजनाका विषयमा सकारात्मक रहेको र अहिलेको मुख्य चुनौती प्रति जैविक प्रतिरोधको बढ्दो समस्या तथा औषधिको समुचित प्रयोगमा भएको विकृतिलाई कम गर्न पनि फार्मेसी जनशक्तिको अपरिहार्य रहेको छ,’ उनले भनिन् ।

नेपाल फर्मास्युटिकल एसोसिएसन कोशी प्रदेशका अध्यक्ष शम्भु साहले औषधि उत्पादन देखि उपभोगसम्म फार्मेसी जनशक्तिको महत्वपुर्ण भुमिका रहेको बताए । ‘त्यसै कारणले पनि जहाँ औषधि त्यहाँ फर्मासिस्ट भन्ने कुरा पनि कागजमा मात्र सिमित रहेको छ । रोजगारीको अवसर न्युन रहेको दक्ष जनशक्ति विदेश पलायन हुनु बाध्यता रहेको छ,’ उनले भने, ‘फार्मेसी सेवा समूहलाई राज्य अवमुल्यन गर्नु दुःखद हो ।’ दरवन्दीका विषयमा असमानता देखिएको ५० वेड भन्दा माथिको अस्पतालहरुमा फार्मेसी अधिकृतको दरवन्दी हुनुपर्ने उनले बताए ।
प्रादेशिक अस्पताल समेतमा भएको दरवन्दी समेत शून्य बनाएको उनले बताए । ‘इलाम, धनकुटा, उदयपुर र संखुवासभामा १–१ वटा मात्र फार्मेसी सहायकको दरवन्दी रहेकोमा अन्य जिल्लामा शून्य रहेको छ ।
समय समयमा जारी भएको नीति नियम निर्देशिका जस्तै २०३५ सालमा औषधि ऐन, २०५२ सालमा आएको राष्ट्रिय औषधि नीति, २०७१ को स्वास्थ्य नीति , २०७२ को अस्पताल फार्मेसी संचालन निर्देशिका, २०७५ को जनस्वास्थ्य ऐन २०७६ को स्वास्थ्य नीति हरुमा स्वास्थ्य सेवा सुदृढीकरणका लागि फार्मेसी जनशक्तिको आवश्यकता उल्लेख भएता पनि कागजमा मात्रै सिमित रहेको छ,’ अध्यक्ष साहले भने, ‘ यसलाई लागू गराउन एनपिए लाग्ने र सरोकारवाला सबै निकायलाई यो अभियानमा साथ दिन अनुरोध गर्दछु ।’
त्यस्तै स्थानीय तहका अस्पताल देखि स्थानीय तहले खरिद गर्ने औषधिको गुणस्तर यकिन, भण्डारण तथा यथोचित बितरण फार्मेसी जनशक्ति बाट हुनु पर्नेमा सो नभएको उनले बताए । ‘प्रदेश सरकारको यस तर्फ ध्यान जान जरुरी रहेको छ । सरकारी अस्पतालमा फार्मेसी सेवा अनिवार्य गरि आवश्यक औषधिहरु सहज र सहुलियत मुल्यमा उपलब्ध हुने ब्यबस्था मिलाउने भनी अख्तियारको ३२ औ बार्षिक प्रतिवेदनले समेत सुझाव दिएको अवस्था रहेको र महालेखा परीक्षकको प्रतिवेदनमा समेत औषधि बिक्री वितरणमा फार्मासिस्टको प्रत्यक्ष सहभागीता हुनु पर्ने उल्लेख गरिएको छ,’ उनले भने ।

सोही अवसरमा अवसरमा फार्मेसी क्षेत्रमा लामो समय देखि कार्य गरेका गणेश कुमार तामाङ , औषधि उत्पादन क्षेत्रमा सक्रिय रहेका अलाइभ फर्मास्युटिकल्सका सस्थापक सुवर्ण भक्त जोशीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल औषधि व्यवस्था विभाग शाखा कार्यालय बिराटनगरका निमित्त प्रमुख निकेश श्रेष्ठ, नेपाल औषधि व्यवसायी संघ, केन्द्रीय सदस्य प्रदिप कुमार दास, नेपाल औषधि व्यवसायी संघ, कोशी प्रदेशका अध्यक्ष कुमार खतिवडा, नेपाल औषधि बिक्रि प्रवन्धक संघ कोशीका प्रतिनिधी तेज नारायण साह, पशुपंक्षी औषधि व्यवसायी संघका पूर्वअध्यक्ष विष्णु कुमार निरौला, मनमोहन प्राविधिक विश्व विद्यालय फार्मेसी विभागका साइविजय रिजाल, प्रदेश भरीका अस्पताल फार्मेसी का प्रमुख तथा प्रतिनिधिहरु, औषधि उद्योगमा कार्यरत फर्मासिस्टहरु, फार्मेसी विज्ञान पढाई हुने कलेजका अध्यापकहरू, सामुदायिक फार्मेसी सञ्चालन गरिरहेका फार्मासिस्टहरुको उपस्थिती रहेको थियो ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ