२०८१ असोज ३०, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारएग फ्रिजिङः प्रजनन संरक्षणका लागि आधुनिक दृष्टिकोण

एग फ्रिजिङः प्रजनन संरक्षणका लागि आधुनिक दृष्टिकोण


हालका वर्षहरूमा एग फ्रिजिङ विधि प्रजनन क्षमता जोगाउन चाहने महिलाहरूका लागि उत्कृष्ट विकल्पको रूपमा देखा परेको छ । प्रविधिको यस विकासले प्रजनन क्षमतालाई असर गर्ने समस्याहरूको सामना गरिरहेकाहरूमा आशाको संचार मात्र नगरी महिलाहरूलाई आफ्नो प्रजनन अधिकारमा नियन्त्रण गर्न समेत सशक्त बनाएको छ ।

यहाँ हामी आजको संसारमा एग फ्रिजिङको बढ्दो महत्व र यस पछाडिका कारणहरूमा गहिरोसँग डुबुल्की मार्नेछौँ ।

उमेर बढ्दै जाँदा महिलाको शरीरमा धेरै परिवर्तनहरू हुन्छ । गुणस्तरीय अण्डा उत्पादन गर्ने क्षमता घट्नु र अण्डामा धेरै क्रोमोसोजल असामान्यताहरू हुने अवस्था यस्तै परिवर्तनमध्येका उदाहरण हुन् । साथै, रजोनिवृत्तिपछि महिलाहरु ओवुलेशन गर्दैनन् ।

यसको मतलब गर्भधारणको सम्भावना झनै कमजोर हुन्छ । फलस्वरूपः महिलाको डिम्बाशयले उच्च गुणस्तरको अण्डा उत्पादन गरिरहेकै बेला उनको अण्डालाई फ्रिज गर्नाले उनी तयार हुँदाका बखत बच्चा जन्माउन सुनिश्चित गर्न सकिन्छ ।

प्रक्रिया के हो?

एग फ्रिजिङ वा उसाइट क्रायोप्रिजर्भेसनमा महिलाको अण्डा पुनः प्राप्ति, तिनीहरूलाई फ्रिज गर्ने र भविष्यमा प्रयोगको लागि भण्डारण गर्ने प्रक्रिया समावेश हुन्छ । यो प्रक्रियाले महिलाहरूलाई कम उमेरमा (२७ र ३४ वर्षको बीचमा) प्रजनन क्षमता जोगाउन मद्दत गर्छ । यतिबेला अण्डाहरू सामान्यतयाः बढी क्रियाशील हुन्छन् ।

डिम्बग्रन्थीलाई स्टीमुलेट गर्न हार्मोनल औषधि प्रयोग गरेर अण्डाशयलाई धेरै अण्डाहरू उत्पादन गर्न प्रोत्साहित गरेसँगै प्रक्रियाको सुरुवात हुन्छ । यस प्रक्रियाका बखत अल्ट्रासाउन्ड निगरानी र रक्त परीक्षणले अण्डा भएको फोलिकल्सको प्रगति ट्रयाक गर्न मद्दत गर्दछ ।

एकचोटि अण्डाहरू परिपक्वतामा पुगेपछि तिनीहरूलाई सिडेसनअन्तर्गत प्राप्त गरिन्छ । यी पुनः प्राप्त अण्डाहरू त्यसपछि सावधानीपूर्वक तयार गरिन्छ, भिट्रिफिकेशन (आइस क्रिस्टल गठन रोक्न फ्ल्यास–फ्रिजिङ) प्रयोग गरेर फ्रिज गरिन्छ र प्रजनन क्लिनिकमा तरल नाइट्रोजनमा भण्डारण गरिन्छ ।

पछि, गर्भधारण गर्न तयार भएका बेला जमेका अण्डाहरूलाई पग्लाएर शुक्रकीटद्वारा निषेचित गर्न सकिन्छ र भ्रुणको रूपमा गर्भाशयमा स्थानान्तरण गर्न सकिन्छ । त्यसपछि यी भ्रुणहरूलाई गर्भमा स्थानान्तरण गरिन्छ, जहाँ तिनीहरू बढेर परिपक्व हुन्छन् । यस्तोमा इन्दिरा आईभीएफजस्ता सम्पूर्ण प्रक्रियाको सामना गर्न बलियो पूर्वाधार र विशेषज्ञता भएका प्रजनन विशेष क्लिनिकहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।

यसलाई नै किन रोज्ने?

आज अण्डा फ्रिज गर्ने प्रचलन बढ्नुका धेरै कारणहरू छन् । यसको लोकप्रियता ड्राइभ गर्ने प्रमुख कारकहरूमध्ये एक परिवर्तनशील सामाजिक गतिशीलता हो । धेरै महिलाहरूले आफ्नो क्यारियर बनाउने चाहना वा सही जीवनसाथी फेला नपरेका कारण परिवार सुरु गर्न ढिला गर्छन् ।

एग फ्रिजिङले उनीहरूलाई सामान्यतया अण्डा स्वस्थ र अधिक क्रियाशील हुने सानो उमेरमा नै प्रजनन क्षमता जोगाउने र सुरक्षित गर्ने तरिका प्रदान गर्छ । फलस्वरूपः महिलाले आफ्ना आर्थिक सुरक्षा, स्थिरता र सही जीवनसाथीलगायतका सबै व्यक्तिगत लक्ष्यहरू भेटेपछि मात्र आफ्नो परिवार सुरु गर्न सक्छिन् ।

यसका साथै क्यान्सर वा प्रिम्याच्योर डिम्बग्रन्थि विफलताको पारिवारिक इतिहासजस्ता चिकित्सा अवस्थाहरूको सामना गरिरहेका महिलाहरूको लागि एग फ्रिजिंगले आशाको किरण प्रदान गर्दछ । केमोथेरापी र विकिरण जस्ता क्यान्सर उपचारले प्रजनन क्षमतामा गम्भीर असर पार्न सक्छ । उपचार गर्नु अघि आफ्नो अण्डा फ्रिज गरेर महिलाहरुले रोगबाट निको भइसकेपछि भविष्यमा जैविक सन्तान जन्माउने क्षमता जोगाउन सक्छन् ।

यसबाहेक अण्डा फ्रिजिङले महिलाहरूको लागि प्रजनन अधिकारहरूमा महत्त्वपूर्ण कोसेढुङ्गा स्थापित गरेको छ । उनीहरूलाई आफ्नो प्रजनन विकल्पहरूमा अभूतपूर्व नियन्त्रण प्रदान गर्दछ । यसले उनीहरूलाई व्यक्तिगत लक्ष्य, क्यारियर आकांक्षा र चिकित्सा आवश्यकताहरूसँग आफ्नो परिवार नियोजन सम्बन्धि निर्णयहरू पंक्तिबद्ध गर्न मद्दत गर्छ । आफ्नो प्रजनन क्षमता जोगाएर महिलाहरूले जैविक चक्रको दबाबबिना नै जीवनको संक्रमणलाई नेभिगेट गर्न सक्छन्, जसले सशक्तिकरणको भावनालाई अगाडि बढाउँछ ।

यसबाहेक प्रजनन प्रविधिमा भएको प्रगतिले अण्डा फ्रिज गर्ने र पगाल्ने प्रक्रियाको सफलता दरमा धेरै सुधार गरेको छ । बरफको क्रिस्टल बन्नबाट जोगाउन अण्डालाई द्रुत रूपमा फ्रिज गर्ने भिट्रिफिकेशन प्रविधिले जमेको अण्डाको बाँच्ने दरलाई उल्लेखनीय रूपमा बढाएको छ । यसले आफ्नो प्रजनन क्षमता जोगाउन चाहने महिलाहरूको लागि एग फ्रिजिङलाई थप भरपर्दो विकल्प बनाएको छ ।

के यो सुरक्षित छ?

एग फ्रिजिङ एक त्यस्तो विकल्प हो, जुन धेरै महिलाहरूले भविष्यमा आफ्नो प्रजनन क्षमता सुरक्षित गर्न छनौट गर्छन् । र, यसले सहज रूपमा गर्भधारणको सम्भावनालाई जीवित राख्छ । जमेको अण्डाहरू प्रयोग गर्न नचाहनेहरूले यसलाई दान गर्न वा फ्याँक्न सक्छन् । अण्डा फ्रिज गर्दा बच्चाको स्वास्थ्यमा कुनै खतरा हुँदैन् । वास्तवमा, बढी उमेरकी आमामा हुन सक्ने आनुवंशिक समस्या र गर्भपातजस्ता जोखिमहरूभन्दा जवान आमाबाट राम्रो गुणस्तरको अण्डा प्रयोग गर्नु धेरै राम्रो विकल्प हो ।

यसका फाइदाहरूको बावजुद अण्डा फ्रिजिङका केही सीमाहरू पनि छन् । यो भविष्यको गर्भावस्थाको ग्यारेन्टी होइन किनकि सफलता दरहरू उमेर र फ्रिज गरिएको अण्डाको गुणस्तरजस्ता कारकहरूमा आधारित हुन सक्छन् । यद्यपि, इन्दिरा आईभीएफजस्ता प्रजनन क्लिनिकहरूले यसको सम्पूर्ण प्रक्रियामा सहायता प्रदान गर्न सक्छन् । यहाँका विशेषज्ञ डाक्टरहरूलाई विश्वास गर्नुहोस्, जसले तपाईंलाई यात्राका हरेक चरणमा मद्दत गर्नेछन् ।

एग फ्रिजिङ एक परिवर्तनकारी प्रविधिको रूपमा देखा परेको छ, जसले महिलाहरूलाई उनीहरूको प्रजनन विकल्पहरू विस्तार गर्न र प्रजनन क्षमताको संरक्षण गर्ने क्षमता प्रदान गर्दछ । चाहे चिकित्सा कारणहरू होस् वा क्यारियर आकांक्षाहरू वा व्यक्तिगत छनौटको लागि होस्, अण्डा फ्रिजिङ आधुनिक जीवनका जटिलताहरू समाधान गर्ने एक मूल्यवान औजार भएको छ । प्रविधिको विकास र सामाजिक मापदण्डहरू विकसित हुँदै जाँदा अण्डा फ्रिजिङको महत्व अझ बढ्ने सम्भावना छ । यो केवल चिकित्सा प्रगति मात्र नभई परिवार योजनाको लागि थप समावेशी र सहयोगी दृष्टिकोणतर्फको एक बलियो कदम हो ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ