२०८१ असोज ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यजोर्डन बन्यो संसारकै पहिलो कुष्ठरोग मुक्त देश

जोर्डन बन्यो संसारकै पहिलो कुष्ठरोग मुक्त देश


जोर्डन कुष्ठरोग उन्मुलन गर्ने संसारकै पहिलो देश बनेको छ । बिहीबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जोर्डनलाई कुष्ठरोग उन्मुलन गर्ने पहिलो देश घोषणा गरेको हो ।

यो मध्यपूर्वी देशमा २० वर्षभन्दा बढी समयदेखि लोकल ओरिजनको कुनै पनि कुष्ठरोग रोगको घटना रिपोर्ट नभएको डब्लूएचओले बनाएको स्वतन्त्र टिमले पुष्टि गरेको हो ।

‘यो सफलता स्वास्थ्य मन्त्रालयको नेतृत्व, डब्लूएचओ र मन्त्रालयकाबीचको बलियो सहकार्य र तीनै तहमा डब्लूएचओले उपलब्ध गराएको प्राविधिक सहयोगले सम्भव भएको हो,’ बिहीबार जोडर्नका लागि डब्लूएचओका प्रतिनिधी डा. जमेला अल राबीले भनिन् ।

‘जोर्डनको यो पूरानो रोगको उन्मूलन जनस्वास्थ्यमा ऐतिहासिक कोशेढुंगा हो र विश्वव्यापी रुपमा कुष्ठरोग उन्मुलन गर्ने प्रयासहरुका लागि ठूलो सफलता हो,’ डब्लूएचओ दक्षिणपूर्वी एसियाकी क्षेत्रीय निर्देशक तथा संगठनकी ग्लोबल कुष्ठरोग निण्न्त्रण कार्यक्रमकी प्रमुख साइमा वाजेदले भनिन् ।

डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम ग्रेब्रयससले पनि पब्लिक हेल्थमा ‘प्रभावशाली माइलस्टोन’का लागि अम्मान सरकारको प्रशंशा गरे । ‘कुष्ठरोगले मानवतालाई सहस्राताब्दीदेखि नै पीडित बनाएको छ तर हामी देश—देशमा प्रसारण रोकिरहेका छौं,’ डा. टेड्रोसले भने, ‘र, व्यक्ति, परिवार र समुदायलाई यसको पीडा र कलंकबाट मुक्त गर्दैछौं ।’

यो परम्परागत रोगका रुपमा चिनिन्छ । यसको उपचार गर्न नसकिने अवस्थामा यसले अन्धोपनदेखि हातखुट्टा गुमाउनेसम्मका विभिन्न प्रकारका अपांगताहरु निम्त्याउथ्यो । माइक्रोब्याटेरियम लेप्रे नामक ब्याक्टेरियको संक्रमणबाट यो रोग लाग्ने गर्दछ ।

विश्व स्वास्थ्य संगठनकाअनुसार उपचार नगरेमा यसले छाला, परिधीय स्नायुहरु, माथिल्लो श्वास नलीका नरम तन्तुहरु र आँखाहरुमा गम्भीर क्षति पु¥याउन सक्छ । कुष्ठरोग नाक र मुखबाट निस्कने थोपाबाट फैलिन्छ तर त्यसका लागि संक्रमित व्यक्तिसँग लामो समयसम्म घनिष्ठ सम्पर्क चाहिन्छ । अनौपचारिक सम्पर्कबाट भने यो सर्दैन् ।

अन्तर्राष्ट्रिय निकायले यसलाई उपेक्षित ट्रपिकल रोग (एनटिडी)को रुपमा वर्गीकृत गरेको छ, जुन अझै पनि १२० भन्दा बढी देशहरुमा देखा परिरहेको छ । विश्वभरका झण्डैं ८० प्रतिशत केसहरु भारत, ब्राजिल र इन्डोनेसियामा छन् ।

-आरटीबाट भावानुवाद 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ