२०८१ असोज ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली

पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली


काठमाडौं—पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेब शोभा उप्रेतीको शैक्षिक पत्र नक्कली पाइएको अख्तियारले जनाएको छ । पोखरा—३२ मालेपाटनस्थित सहरी स्वास्थ्य केन्द्रमा कार्यरत शोभाको एसएलसीको प्रमाणपत्र नक्कली रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनको एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी परेपछि अख्तियारले छानविन गरेको थियो । छानविनका क्रममा एसएलसीको नक्कली प्रमाणपत्र पेश गरेर उनले उक्त स्वास्थ्य केन्द्रमा नियुक्ति लिएको पाइएको अख्तियारले जनाएको छ ।

शोभाले मालेपाटनस्थित स्वास्थ्य केन्द्रमा वि.सं. २०६८ सालबाट करारमा अहेब पदमा जागिर सुरु गरेकी थिइन् । उनले वि.सं. २०७८ सालसम्म उक्त शहरी स्वास्थ्य केन्द्रमा जागिर खाएकी थिइन् ।

नक्कली र झुटा प्रमाणपत्र पेश गरेर वि.सं. २०६८ सालदेखि वि.सं. २०७८ सालसम्म कार्यरत रही ओहोदा, लाभ र सुविधासमेत प्राप्त गरेको भन्दैं अख्तियारले साविकको भ्रष्टाचार निवारण बिगो तथा कारवाही माग दावी गर्दै सोमबार मुद्धा दायर गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ