२०८१ असोज ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशतातोपानीका दुर्गम गाउँबस्तीमा अपांगता पहिचान शिविर सञ्चालन हुँदैं

तातोपानीका दुर्गम गाउँबस्तीमा अपांगता पहिचान शिविर सञ्चालन हुँदैं


जुम्ला—दातृ निकायको सहयोगमा तातोपानी गाउँपालिकाका दुर्गम गाउँबस्तीमा १८ वर्षमुनि बालबालिकामा अपांगता पहिचान शिविर सञ्चालन गर्ने लागिएको छ । सेभ द चिल्ड्रेनका आयोग सहयोग, किर्डाक नेपाल जुम्लाको सहजीकरणमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोग र तातोपानी गाउँपालिका जुम्लाको समन्वयमा शिविर सञ्चालन गर्न लागिएको हो ।

तातोपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईका अनुसार १ असोजदेखि ६ असोजसम्म वडा नम्बर १–८ सम्मका बालबालिकाले सेवा प्राप्त गर्ने गरी शिविर सञ्चालन गरिनेछ ।

‘यो गाउँपालिकामा अति दुर्गममा पर्ने ७ र ८ नम्बर वडा भेरीखोला क्षेत्र हो । यो क्षेत्रमा पर्ने टोप्ला आधारभूत स्वास्थ्य सेवा केन्द्र र स्वास्थ्य चौकी ताम्ती लामाबगरमा १ र २ असोजमा शिविर सञ्चालन हुनेछ,’ उनले भने ।

यस्तै, तातोपानी स्वास्थ्य चौकी लिताकोटमा ४ असोजमा र लाम्रा स्वास्थ्य चौकीमा ६ असोजमा अपांगता पहिचान शिविर सञ्चालन गरिने शाखा प्रमुख चौलागाईले बताए ।

किर्डाक नेपाल जुम्लाका डकुमेण्टेशन संयोजक किरण पौडेलकाअनुसार अपांगता सम्बन्धि १८ वर्षमुनिका बालबालिकामा के कस्ता समस्या भन्ने शिविरमा पहिचान गरिनेछ । अपांगता पहिचान गर्न स्क्रिनिङ क्याम्प सञ्चालन गरिएको हो । ‘पहिचान भएको अपांगता बालबालिकालाई आवश्यकताअनुसार सहयोगी सामग्री प्रदान गरिनेछ,’ उनले भने ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ