२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगंगालालमा राष्ट्रिय खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्य सुरु

गंगालालमा राष्ट्रिय खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्य सुरु

निःशुल्क स्वास्थ्य जाँच खेलाडीहरुका लागि उपहार : स्वास्थ्यमन्त्री पौडेल


काठमाडौं—राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ । मंगलबार देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरुको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता गरिएको हो ।

२७ साउनमा आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशका लागि खेल्ने खेलाडीहरुको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए । त्रिपक्षीय सम्झौताका लागि मन्त्री पौडेलले सक्रियता लिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितीमा मन्त्रालय, युवा तथा खेलकुद राष्ट्रिय खेलकुद परिषद राखेप र अस्पतालकाबीच खेलाडीको मुटु परीक्षण हरेक वर्ष निःशुल्क मुटु परीक्षणसम्बन्धी सम्झौता गरिएको हो । सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन गंगालालले आफ्नै स्रोतबाट गर्नेछ ।

हाल केन्द्रकै तर्फबाट निःशुल्क परीक्षण भएपनि आगामी वर्षबाट थप वार्षिक कार्यक्रम बनाएर कार्यक्रम अघि बढाउने मन्त्रालयले तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ । सम्झौता हरेक वर्ष नवीकरण गर्नेसमेत व्यवस्था गरिएको छ ।घोषणाबाट अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका ७ सय ५७ खेलाडी लाभान्वित हुनेछन् ।

कार्यक्रमको प्यारा ओलम्पिकमा कास्य पदक विजेता पलेसा गोवर्द्धनको स्वास्थ्य परीक्षण गरेर परीक्षणको सुरूवात गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले आफूले मन्त्रालयको नेतृत्व सम्हालेदेखि खेलाडीहरुको स्वास्थ्य प्राथमिकतामा राखेको भन्दै मुटुबाट सुरूवात भएको बताए । प्यारा ओलम्पिकमा ठूलो पदक दिलाएर योगदान दिएकी पलेशा गोवर्द्धनको उपलब्धिका अवसरमा यो खेलाडीहरुका लागि उपहार भएको मन्त्री पौडेलले बताए ।

अर्को वर्ष थप स्रोत सुनिश्चित गर्ने भन्दै मन्त्री पौडेलले खेलाडीहरुको स्वास्थ्य सुधारका लागि अरु थप के गर्न सकिन्छ त्यसका लागि तयार रहेको बताए । ‘पलेशाको उपलब्धिले देशको शीर उचो बनाएको छ,’ उनले भने, ‘यो सुरूवात उहाँप्रतिको सम्मान पनि हो ।’

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलाडी विदेशिनुमा उपचार अभाव पनि एउटा कारण रहेको भन्दै स्वास्थ्य मन्त्री पौडेलप्रति आभार प्रकट गरे । ‘यो सक्रियताका लागि स्वास्थ्य मन्त्रीजीलाई धन्यवाद,’ उनले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ