काठमाडौं—इन्दिरा आईभीएफ नेपालले आफ्नो असिस्टेड रिप्रडक्टीभ टेक्नोलोली (एआरटी) सेवाहरुका लागि क्वालिटी एक्रिडिटेसन इन्स्टिच्युट (क्युएआई)को मान्यता पाएको छ । यो मान्यता पाउने नेपालको पहिलो आईभीएफ भएको दावी इन्दिराको छ ।
‘यो उपलब्धिले प्रजनन उपचारको क्षेत्रमा नयाँ बेन्चमार्क तय गर्दै नैतिक एवं पारदर्शी प्रक्रियाहरुप्रति इन्दिरा आईभीएफको प्रतिवद्धतालाई बलियो बनाउनेछ,’ इन्दिराले भनेको छ ।
इन्दिराले आफूले पुरा गरेको अन्तर्राष्ट्रिय मापदण्डले सफलता दरलाई बढाउने, बिरामीलाई सुरक्षित, भरपर्दो र उन्न प्रजनन सेवाको ग्यारेण्टी गर्ने विश्वाससमेत व्यक्त गरेको छ ।
‘इन्दिरा आईभीएफ नेपालमा हामीले उच्चस्तरीय उपचार सेवालाई प्राथमिकता दिएका छौं,’ इन्दिरा आईभीएफ नेपालकी प्रमुख डा. नेहा हुमागाईले भनिन्, ‘क्युएआईको कठोर मापदण्ड पूरा गर्ने हाम्रो प्रयासले बिरामीहरुलाई इथिकल र पेसेन्ट फस्र्ट शैलीमा उपचार पाउन सक्ने गरी सशक्त बनाएको छ ।’
क्वालिटी एण्ड एक्रिडिटेसन इन्स्टिच्युट (क्युएआई)का प्रमुख अधिकृत डा. बीके राणाले इन्दिरा आईभीएफ नेपाल नेपालकै पहिलो आईभीएफ÷एआरटी केन्द्र भएको बताए । उनकाअनुसार एआरटी केन्द्र एक्रिडिटेसन कार्यक्रम एआरटी केन्द्रहरुका सेवाहरुमा गुणस्तर, सुरक्षा, विश्वसनीयता र पारदर्शिता ल्याउनका लागि विकसित गरिएको हो ।