२०८१ मंसीर ३, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेशमा घटेन बाल मृत्यु दर, पछिल्ला दुई वर्षमा स्थिर

कर्णाली प्रदेशमा घटेन बाल मृत्यु दर, पछिल्ला दुई वर्षमा स्थिर


जुम्ला—कर्णाली प्रदेशमा पाँच वर्षमुनिका बालबालिकाको मृत्यु दर वृद्धि हुँदै गएको पाइएको छ । देशमा समग्र बाल मृत्यु दर घट्दै गएपनि कर्णाली प्रदेशमा बाल मृत्युदर बढ्दै गएको तथ्यांकले देखाएको छ ।

कर्णाली प्रदेशको आर्थिक सर्वेक्षण, २०८० अनुसार बाल मृत्यु दर वृद्धि हुँदै गएको हो । आर्थिक वर्ष २०७५/७६ मा बाल मृत्यु दर ५७ प्रतिशत रहेको छ । आर्थिक वर्ष ०७६/७७ मा ५७ प्रतिशतबाट बाल मृत्यु दर ३४ प्रतिशतमा झरेको छ ।

आर्थिक वर्ष ०७७/७८ मा एक वर्षमै बढेर ६४ प्रतिशत पुगेको छ । यस्तै, दुई आर्थिक वर्षमा बाल मृत्युदर स्थिर रहेको देखिन्छ । आर्थिक वर्ष ०७८/७९ मा ६८ प्रतिशत र आर्थिक वर्ष ०७९/८० मा ६८ प्रतिशत नै बाल मृत्यु दर रहेको तथ्यांकले देखाएको छ ।

कर्णाली प्रदेशभर पूर्ण खोप प्राप्त गर्ने बालबालिकाको संख्या ८५.५ प्रतिशत छ । जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार पाँच वर्षसम्मका बालबालिकाको पोषण अवस्था सुधारोन्मुख देखिएको छ । वि.सं. ०७५ सालमा बालबालिकामा पुड्कोपना ५५ प्रतिशत रहेको थियो । ०८० सालमा ३६ प्रतिशतमा झरेको तथ्यांकमा देखिन्छ ।

यस्तै, ०७५ सालमा ख्याउटेपन ८ प्रतिशत रहेकोमा ०८० सालमा ४ प्रतिशतमा झरेको छ । ०७५ सालमा कमतौल भएका बालबालिका ३६ प्रतिशत रहेको थियो । ०८० सालमा आएर १८ प्रतिशतमा रहेको देखिन्छ ।

जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार कर्णालीका केही जिल्लाबाहेक धेरैजसो जिल्ला दुर्गम भएको कारण बाल मृत्यु दर वृद्धि हुने गरेको छ । पछिल्लो समय कर्णाली प्रदेशमा बालबालिकाको स्वास्थ्य सेवा कमजोर देखिनुमा सबै ठाउँको सही तथ्यांक आउन नसक्नु, अहिलेसम्म नीति योजना र कार्यक्रम बनाउँदा समताको ख्याल गरेर बनाउनुपर्नेमा सो अनुसार बनाउन नसक्नु, समाजले निर्धारण गरेका मुल्य मान्यताहरू, बालविवाह, सानै उमेरमा बच्चा जन्माउने, समयमा अस्पताल नपु¥याउनु, दक्ष चिकित्सकको अभावजस्ता प्रमुख कारणहरू देखिन्छन् ।

अहिले पनि घरमै सत्केरी हुने गर्भवती महिलाको संख्या पनि उत्तिकै छ । बिरामी पर्दा बच्चा सुत्केरी महिला सुविधासम्पन्न अस्पतालमा पु¥याउन सकिने अवस्था छैन । पोषणमा सुधार आउन सकेको छैन । धामी झाँक्रीको भर परेर स्वास्थ्य संस्थामा नलैजाने चलन छ । यस्तै, थुप्रै कारणले बाल मृत्यु दर न्यूनीकरण हुन नसकेको विज्ञहरु बताउँछन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ