२०८१ मंसीर ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअख्तियारद्वारा नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा सिअनमी र सिअहेब विरुद्ध मुद्धा दायर

अख्तियारद्वारा नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा सिअनमी र सिअहेब विरुद्ध मुद्धा दायर


काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा एक जना सिअहेब र एक जना सिअनमी विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । बिहीबार अख्तियारले ग्ल्याङ नगरपालिका स्याङजामा कार्यरत सिअहेब हिमा डुम्रे न्यौपाने र कपिलवस्तुको यशोधरा गाउँपालिकामा कार्यरत सिअनमी सरस्वती (वली) क्षेत्रीको प्रमाणपत्र नक्कली भएको भन्दैं विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

हिमाले माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश भारतबाट हाइस्कुल तहको झुट्टा प्रमाणपत्र पेश गरी करापु उपस्वास्थ्य चौकी लमजुङमा ग्रामीण स्वास्थ्य कार्यकर्ता दोस्रो तहमा नियुक्त लिएको अख्तियारले जनाएको छ । उनी अहिले जगत्रदेवी स्वास्थ्य चौकी गल्याङमा अधिकृत छैटौ सिअहेबका रुपमा कार्यरत रहेकी थिइन् ।

अख्तियारकाअनुसार अनमी विषय लिएर एसएलसी परीक्षा राष्ट्रिय तालिम केन्द्र पोखराबाट उत्तीर्ण गर्दा, नर्सिङ काउन्सिलको दर्ता प्रमाणपत्र लिँदा, स्वास्थ्य सेवाको पाँचौ, छैटौमा स्तरवृद्धि हुँदा माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश भारतबाट हाइस्कुल परीक्षा पास गरेको झुट्टा र नक्कली प्रमाणपत्र पेश गरेकी थिइन् । उनी अहिले छैटौ तहको अधिकृत सिअनमीका रुपमा कपिलवस्तुको यशोधरा गाउँपालिकामा कार्यरत थिइन् ।

उनीहरु विरुद्ध नक्कली प्रमाणपत्र पेश गरी लाभ तथा सुविधा लिई भ्रष्टाचार गरेको भन्दैं अख्तियारले सजाय माग दावीसहित मुद्धा दायर गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ