२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआर्थिक रुपले उपचार गराउन असमर्थको उपचार व्यवस्था सरकारले गर्नुपर्ने जसपा नेपालको निर्णय

आर्थिक रुपले उपचार गराउन असमर्थको उपचार व्यवस्था सरकारले गर्नुपर्ने जसपा नेपालको निर्णय

प्रदेशमा एक अति विशिष्ट अस्पताल, प्रतिष्ठान र वैकल्पिक चिकित्सा अध्ययन केन्द्र स्थापना गर्नुपर्ने


काठमाडौं—जनता समाजवादी पार्टी नेपालले आर्थिक रुपले उपचार गराउन असमर्थको सम्पूर्ण उपचारको व्यवस्था सरकारले गर्नुपर्ने निर्णय गरेको छ । पूर्व उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेको उपेन्द्र यादवले नेतृत्वको जसपा नेपालको हालै सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।

‘आर्थिक अभावले उपचार गराउन असमर्थ अति विपन्न विपन्न वर्ग, असक्षम गरिब र असहायहरुलाई स्वास्थ्य उपचारको सम्पूर्ण व्यवस्था सरकारले नै गर्ने गरी व्यवस्था मिलाउनु पर्दछ,’ जसपाको ६७ बुँदे निर्णयमा छ ।

स्वास्थ्य सम्बन्धि ४ बुँदे निर्णय गरेको जसपाले प्रदेशमा कम्तिमा एक अति विशिष्ट अस्पताल स्थापना गर्नुपर्ने निर्णय पारित गरेको छ । ‘प्रत्येक प्रदेशका सरकारले कम्तिमा एउटा अति विशिष्ट अस्पताल, एउटा स्वास्थ्य विज्ञान र एउटा वैकल्पिक चिकित्सा अध्ययन एवं उपचार केन्द्र स्थापना गरी संचालन गर्ने,’ जसपाको निर्णयमा छ ।

यसैगरी, जसपाले संविधानको धारा ३५ (१) अनुसार प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने प्रावधानअनुसार सबै सरकारी अस्पतालबाट पर्याप्त औषधिको व्यवस्था गर्न र सरकारले स्वास्थ्य सेवाका लागि अति विशिष्ट अस्पताल, प्रादेशिक अस्पताल, पालिकास्तरका अस्पताललाई आवश्यक पर्ने औषधी, उपकरण, प्रयोगशाला, जनशक्ति र तालिम उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि पारित गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ