२०८१ मंसीर १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयादवको प्रस्तावः प्रदेशमा एक अति विशिष्ट अस्पताल, प्रतिष्ठान र वैकल्पिक चिकित्सा अध्ययन केन्द्र स्थापना गर्ने

यादवको प्रस्तावः प्रदेशमा एक अति विशिष्ट अस्पताल, प्रतिष्ठान र वैकल्पिक चिकित्सा अध्ययन केन्द्र स्थापना गर्ने


काठमाडौं—पूर्व उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रदेशमा कम्तिमा एक अति विशिष्ट अस्पताल स्थापना गर्नुपर्ने प्रस्ताव अगाडि सारेका छन् । एकताको प्रथम महाधिवेशनपछि २७ असारबाट सुरु भएको केन्द्रीय समितिको पहिलो बैठकमा ६१ बुँदे प्रस्ताव राख्दैं उनले सो प्रस्ताव अगाडि सारेका हुन् ।

आफ्नो समसामयिक राजनीतिक प्रस्तावमा यादवले स्वास्थ्य सम्बन्धि बुँदामा उक्त प्रस्ताव गरेका हुन् । ‘प्रत्येक प्रदेशका सरकारले कम्तिमा एउटा अति विशिष्ट अस्पताल, एउटा स्वास्थ्य विज्ञान र एउटा वैकल्पिक चिकित्सा अध्ययन एवं उपचार केन्द्र स्थापना गरी संचालन गर्ने,’ उनको प्रस्तावमा छ ।

यादवले संविधानप्रदत्त आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन सबै सरकारी अस्पतालबाट वितरण हुने गरी निःशुल्क औषधी पर्याप्त मात्रामा व्यवस्था गर्ने प्रस्ताव पनि गरेका छन् । यस्तै, उनले सरकारले स्वास्थ्य सेवाका लागि अति विशिष्ट अस्पताल, प्रादेशिक अस्पताल, पालिकास्तरका अस्पताललाई आवश्यक पर्ने औषधी, उपकरण, प्रयोगशाला, जनशक्ति र तालिम उपलब्ध गराउने प्रस्ताव पनि गरेका छन् ।

उनले उपचार गराउन असमर्थन विपन्न वर्ग, गरिब असक्षम र असहायहरुलाई स्वास्थ्य उपचारको सम्पूर्ण व्यवस्था सरकारले नै गर्नुपर्ने प्रस्ताव पनि गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ