२०८१ मंसीर १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१७ अस्पतालको रिपोर्ट कार्डः कुन अस्पतालको सेवा सुधारमा कति प्रगति ?

१७ अस्पतालको रिपोर्ट कार्डः कुन अस्पतालको सेवा सुधारमा कति प्रगति ?


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालयको कमाण्ड सम्हाले लगतै अस्पतालको सेवालाई चुस्त र सहज बनाउन ९ बुँदे निर्देशन दिएका थिए । ४ साउनमा संघीय अस्पताल र प्रतिष्ठानलाई परिपत्र गर्दै उनले दुई सिफ्ट ओपीडी चलाउन र शैय्या अभावका कारण बिरामी भर्ना हुन नपाउने अवस्थाको अन्त्य गर्न निर्देशन दिएका थिए ।

मन्त्री पौडेलले विस्तारित अस्पताल सेवा कार्यक्रम सेवा लागु गर्ने, अस्पतालमा अनलाइनमा टिकेटिङ गर्ने, सेवाग्राहीले सामान्य कामका लागि पनि अस्पतालका निर्देशकलाई पर्खनुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने, अस्पतालमा पाइने सेवाका बारेमा व्यवस्थित निराकरण नक्सा वा स्वयंसेवक परिचालन गरी सेवाग्राही लक्षित विभिन्न ठाउँमा टाँस गर्नुपर्ने, स्वास्थ्य बीमाका सबै औषधि अविछिन्न र फार्मेसीमा पर्याप्त राखी राख्नुपर्ने, पाँच वा सोभन्दा बढी युनिट रहेका अस्पतालमा ओपीडी र शल्यचिकित्सकको कमी भएको देखिएको हुँदा युनिटको प्रभावकारी व्यवस्थापन गर्नुपर्नेलगायतका ९ बुँदे निर्देशन दिइएको थियो ।

१७ वटा अस्पतालहरुले उक्त निर्देशन बमोजिम भएका सुधारहरुको रिपोर्ट स्वास्थ्य मन्त्रालयलाई बुझाएका छन् । अस्पतालहरुले दुई सिफ्टमा ओपीडी सुरु गरेको, शैय्या नपाई भर्ना हुन नपाउने व्यवस्था अन्त्य गरिएको, विस्तारित सेवा संचालनलगायतका भएका प्रगतिहरु रिपोर्टमा उल्लेख गरेका छन् । १७ अस्पतालहरुले सेवा सुधारमा भएको प्रगतिको मन्त्रालयमा बुझाएको रिपोर्ट जस्ताको तस्तै तल राखिएको छ ।

१७ अस्पतालको प्रगति रिपोर्ट


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ