२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यलामखुट्टेलाई निर्मुल गर्न हामी सबै लागौं

लामखुट्टेलाई निर्मुल गर्न हामी सबै लागौं


। १ ।

वाहै महिना छिरफुट रूपमा देख्न थाल्यो डेंगी ।
समाचारमै सुन्नु भा छ मैले कति भन्नु।।
जाडो, गर्मी, हिउद, वर्षा सिजन घुम्छ चर्खा ।
डेंगी अलि बढी देख्छ लागेपछि वर्षा ।।

।२।

गाह्रो हुन्छ लागेपछि त्यसको लक्षण भोगाइ ।
रोग लाग्ने मुख्य कारण लामखु‌ट्टेको टोकाइ।।
किन वर्षामा धेरै देख्छ भन्ने उठ्ला कुरा ।
लामखुट्टेले अण्डा पार्ने ठाउँ मिल्छ पूरा ।

।३।

सडकभरी टायर, बोतल, खाल्डाखुल्डी मात्रै।
लामखुट्टे त मौलाउँछ गर्दै त्यसमै जात्रै ।।
पानी जम्न दिनु हुन्न सुन्छौं सधैंभरी ।।
बानी कहिले सुध्रिदैंन् राख्छौ त्यसैगरी।।

।४।

जति काट्यो त्यति आउँछ काट्ने जाँगर छैन ।
त्यसो भनि झाडी बनाइ बस्नु अब भैन।।
खाल्डा खुल्डी पूरौ अब घाँस झाडी फाडौं।
लामखुट्टेलाई निर्मुल गर्न हामी सबै लागौं।।
लामखुट्टेलाई निर्मल गर्न हामी सबै लागौं ।।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ