२०८१ मंसीर ९, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिम प्रदेशमा हैजा र दादुरा ‘आउट ब्रेक’

सुदूरपश्चिम प्रदेशमा हैजा र दादुरा ‘आउट ब्रेक’


धनगढी—सुदूरपश्चिम प्रदेशमा हैजा तथा दादुरा संक्रमितका बिरामीहरु फेला परेका छन् । स्वास्थ्य कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका—१ पशुपति टोलका दुई जनामा हैजा पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय कैलाली प्रमुख आशुतोष श्रेष्ठमा अनुसार २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएको हो । शंकास्पद थप एक जनाको सेती प्रादेशिक अस्पतालमा परीक्षणको लागि नमुना संकलन गरी प्रयोगशालामा पठाइएको छ ।

त्यसैगरी, कंचनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा २ जना मा दादुरा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कंचनपुरले जनाएको छ ।

अहिले दादुरा संक्रमित भेटिएको क्षेत्रमा बिश्व स्वास्थ्य संगठन, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालयको टिमले सम्भावित संक्रमितको नमुना संकलनको कार्य गरिरहेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ