२०८१ कात्तिक २, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२४ घण्टाभित्र प्रोत्साहन भत्ता उपलब्ध नगराए सेवा दिन नसक्ने डडेल्धुरा अस्पतालका २५ चिकित्सकको चेतावनी

२४ घण्टाभित्र प्रोत्साहन भत्ता उपलब्ध नगराए सेवा दिन नसक्ने डडेल्धुरा अस्पतालका २५ चिकित्सकको चेतावनी


काठमाडौं—डडेल्धुरा अस्पतालका चिकित्सकहरुले प्रोत्साहन भत्ता २४ घण्टाभित्र उपलब्ध नगराएमा सेवा दिन नसक्ने चेतावनी दिएका छन् । बुधबार अस्पताल प्रमुखलाई पत्र लेख्दैं २५ जना चिकित्सकहरुले विगत समेत उपलब्ध गराइदैं आएको प्रोत्साहन भत्ता आर्थिक वर्ष सकिन लाग्दा समेत उपलब्ध नगराएको गुनासो गरेका छन् ।

चिकित्सकहरुले २८ गतेसम्म प्रोत्साहन भत्ता नदिइएमा वा अर्को व्यवस्था नभएमा आकस्मिकबाहेकका सेवा अवरुद्ध गर्ने चेतावनी दिएका हुन् ।

‘मिति २०८१/०३/२८ गतेसम्ममा प्रोत्साहन भन्दा (ODOI)नपाइएको खण्डमा अथवा त्यसको विकल्पमा अस्पताल विकास समितिबाट अन्य व्यवस्था नभएको खण्डमा २०८१/०३/२८ गतेदेखि इमर्जेन्सी सेवाबाहेकका अन्य सबै सेवा (ओपीडी, इन्प्यासेन्ट, ओटी) सरिक हुन नसक्ने कुराको जानकारी गराउँदछौं,’ अस्पताल प्रमुखलाई चिकित्सकहरुले लेखेको पत्रमा छ, ‘साथै यसबाट जनसमुदायमा पर्न सक्ने असरको सम्पूर्ण जिम्मेवार सम्बन्धित निकाय नै हुने कुराको पनि जानकारी गराउँदछौं ।’

डडेल्धुरा अस्पतालका चिकित्सकहरुले प्रोत्साहन भत्ता विगत वर्षमा पाइरहेको उल्लेख गरेका छन् । उनीहरुले आर्थिक वर्ष २०८०/८१ मा नेपाल सरकारले नै प्रोत्साहन भत्ताको बजेट छुट्याएको भएपनि एक वर्षदेखि आफूहरुले उक्त भत्ता नपाएका बताएका छन् । चिकित्सकहरुले यसले आफूहरुको मनोबलमा ठूलो असर परेको समेत बताएका छन् ।

चिकित्सकहरुले पत्रको बोधार्थ डडेल्धुरा अस्पताल विकास समिति, जिल्ला प्रशासन कार्यलय डडेल्धुरा, स्वास्थ्य सेवा विभाग टेकु, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंलाई पठाएका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ