२०८१ मंसीर २, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २मधेश प्रदेशमा ४ हजार २ सय ८७ एचआईभी प्रभावित

मधेश प्रदेशमा ४ हजार २ सय ८७ एचआईभी प्रभावित


जनकपुर—मधेश प्रदेशका जिल्लाहरूमा एचआईभी एड्सबाट प्रभावित भएका ४ हजार २ सय ८७ जनाले नियमित रुपमा औषधि सेवन गरेर उपचार गराई रहेको तथ्यांक सार्वजनिक भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले धनुषाको लालगढमा आयोजना गरेको तीन दिने प्रशिक्षणको समापन कार्यक्रममा एचआईभी एड्सबाट संक्रमित हुनेहरूको संख्या यो भन्दा अधिक हुने भएकाले सङ्क्रमितबाट थप संक्रमण फैलिन नदिन प्रयोगशालाको परीक्षणको महत्वपूर्ण भूमिका हुने जानकारी विज्ञहरूले दिएका छन् ।

मधेश प्रदेश सरकारले मधेशका १ सय ३६ पालिकामा नै प्रयोगशाला स्थापना गरेर विभिन्न सर्ने तथा नसर्ने रोगहरूको नियमित रुपमा परीक्षण गर्ने काम गरिरहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख एवं वरिष्ठ भाइरोलोजिष्ट डा श्रवणकुमार मिश्रले वताए ।

डा. मिश्रले भने, ‘रोगको पहिचान तथा निदानमा प्रयोगशालाको महत्वपूर्ण भूमिका हुन्छ । प्रदेशभरमा स्थापना भएको प्रयोगशालाहरूले दीर्घ रोगहरूको पहिचान तथा नियन्त्रणमा काम गरेर प्रदेशवासीलाई स्वस्थ राख्ने अभियानमा लागेको छ ।’

मधेश प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा. मनिषकुमार पाण्डेले रोगको पहिचान तथा नियन्त्रणमा प्रयोगशालाको महत्वपूर्ण भएको बताउँदै मधेश प्रदेशवासीलाई स्वस्थ्य बनाउनमा प्रयोगशालाको योगदान महत्वपूर्ण भएका बताए ।

मधेश प्रदेशमा कोभिड-१९ का समयमा स्थापना भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आफ्नो सेवालाई निरन्तरता दिँदै प्रदेशभर नै विस्तार गरेर उत्कृष्ट सेवा दिँदै आएको छ । अहिले सर्ने तथा नसर्ने रोगहरूको सस्तो तथा सुलभ दरमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरिरहेको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ