२०८१ कात्तिक २, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशबागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा

बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा


काठमाडौं—बागमती प्रदेश सरकारबाट स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठसहितका एमाले मन्त्रीहरु बाहिरिएका छन् । सोमबार स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमालेका पाँच जना मन्त्रीले मुख्यमन्त्री शालिकराम जमरकट्टेलसमक्ष रानीनामा बुझाएका हुन् ।

२० चैत्रमा श्रेष्ठ स्वास्थ्यमन्त्री बनेका थिए । ४ महिनामै स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।

श्रेष्ठसहित एमालेबाट सरकारमा सहभागी आर्थिक मामिला मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, भूमी तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ र खानेपानी तथा सिचाइमन्त्री एकलाल श्रेष्ठले राजीनामा दिएका छन् ।

एमाले बागमती सरकारबाट बाहिरिएसँगै जमरकट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता गठबन्धन निर्माण गर्ने सहमति संघमा बनेसँगै प्रदेश सरकारमा पनि त्यसले हलचल ल्याएको छ । यसअघि एमाले मन्त्रीहरुले सुदूरपश्चिम सरकारबाट पनि राजीनामा दिइसकेका छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ