२०८१ मंसीर ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २मधेश प्रदेशमा स्वास्थ्यको बजेट ५ अर्ब २१ करोड, कुन कार्यक्रममा कति ?

मधेश प्रदेशमा स्वास्थ्यको बजेट ५ अर्ब २१ करोड, कुन कार्यक्रममा कति ?


जनकपुरधाम—मधेश प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ मा स्वास्थ्यतर्फ ५ अर्ब २१ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ । शनिबार मधेश प्रदेशका अर्थमन्त्री भरत साहले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै स्वास्थ्यतर्फ ५ अर्ब २१ करोड ६५ लाख ६ हजार रुपैयाँ बजेट बिनियोजन गरेको जानकारी दिए ।

मधेश प्रदेशका प्रत्येक जिल्लामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना र संचालन, आधारभूत स्वास्थ्य सेवाको विस्तार र अस्पताल सुदृढीकरण, किशोर—किशोरीलाई कुलतबाट बचाउन सूर्तिजन्य तथा मादक पदार्थ सेवन तथा लागु औषध न्यूनीकरण कार्यक्रम संचालन गर्नका लागि बजेट छुट्याइएको अर्थमन्त्री साहले बताए ।

मातृ तथा नवजात शिशु व्यवस्थापन प्रणालीका लागि मधेश प्रदेशले १० करोड रुपैयाँ विनियोजन गरेको छ । यसैगरी, स्वास्थ्य मन्त्रालय र मातहतका निकायको संगठन र व्यवस्थापन सर्वेक्षणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसैगरी, प्रदेशले मुख्यमन्त्री घरदैलो स्वास्थ्य कार्यक्रम संचालनका लागि पनि बजेट छुट्याएको छ ।

प्रदेश सरकारले स्वास्थ्यमा हरेक जिल्लामा मोबाइल एम्बुलेन्स, सुत्केरी तथा गर्भवती आमा र विद्यालय पोषण स्वास्थ्य कार्यक्रमका लागि ३ करोड विनियोजन गरेको छ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४३ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ